6 years ago
September 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – साफ यू-१८ च्याम्पियन्सिप अन्तर्गत उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन नेपाल माल्दिभ्सविरुद्ध पहिलो हाफमा १-० ले पछाडि परेको छ ।

खेलकाे १३औं मिनेटमा माल्दिभ्सले पेनाल्टी गाेलमार्फत अग्रता लिएकाे हाे । पेनाल्टी बक्समा राेशन दाेङले माल्दिभ्सका कप्तान हसन नाजिमलाई फल गरेपछि प्राप्त पेनाल्टीमा कप्तान आफैंले सहजै गाेल गरेका थिए ।
त्यसअघि खेलकाे दाेस्राे मिनेटमा नेपालले गाेल गरेपनि रेफ्रीले अफसाईड दिए । राेशन दाेङकाे फ्रिकिकमा मनीष डाँगीेले गाेल गरेपनि अफसाईड हुन पुगेको थियो । २०औं मिनेटमा ब्रिजेश वान भर्सेस वानमा चुक्दा नेपाल बराबरीबाट चुक्याे । उनकाे पहिलाे प्रहार गाेलरक्षकले बचाए । उनको दाेस्राे प्रयास पनि गाेलरक्षकले विफल पारे ।
३४ औं मिनेटमा कप्तान हसनकाे बक्स बाहिरकाे प्रहार दाेस्राे बारबाट थाेरै बाहिरियाे । ४१औं मिनेटमा मनिष डाँगीकाे प्रहार गाेलरक्षकले सहजै बचाए ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]