10 years ago
June 14, 2016
पेरिस, (एजेन्सी)-इटालीले युरोपियन च्याम्पियनसिपमा विजय सुरुआत गर्ने क्रममा इटालीले बेल्जियमलाई २–० ले हराएको छ । इमानुली गेचिरिनी र गार्जिनो पिलीको गोलमामा इटालीले समूह इमा विजयी सुरुआत गरेको छ । त्यसअघि समूह इको अर्को खेलमा आयरल्यान्ड र स्वीडेनले १–१ को बराबरी खेलेका थिए ।

धर्यता, संगठति रुपमा प्रस्तुत इटालीले आकर्षक फुटबल खेलेको थियो । गेचिरिनीले पहिलो हाफ र पिलीले अन्तिम समयमा गोल गरेका थिए । ३२ औं मिनेमा पहिलो गोल गरेका गेचिरिनीले सन् २०१३ यता टोलीका लागि पहिलो गोल गरेका हुन् । पिलीले इन्जुरी समयमा भलिमा गोल गर्दै जित पक्का पारेका थिए ।
फिफा वरियतामा युरोपियन राष्ट्रमा शीर्षस्थानमा रहेको बेल्जियम पछिल्ला सात खेलमा विजयी हुँदै युरोपियन च्याम्पियनसिपमा पुगेको थियो ।
इटालियन प्रशिक्षक एन्टोनियो कोन्टले भने,‘आज हामी जितबाट निकै खुसी छौं । भोली सम्म यो खुसी रहन्छ । त्यसपछि भने हामी स्वीडेनसँगको खेलका लागि जुट्नु पर्ने हुन्छ । ’
कोन्टेका समकक्षी बेल्जियम प्रशिक्षक मार्क विलमोट्सले केही खेलाडीको व्यक्तिगत कमजोरीका कारण र पहिलो गोलपछि इटाली बलियो अवस्थामा पुगेको बताएका छन् । उनले समूह चरणमा अझै दुई खेल बाँकी रहेको र त्यसमा राम्रो गर्न सके क्वार्टरफाइनल पुग्न सकिने बताएका छन् ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]