6 years ago
November 26, 2019
एजेन्सी – अर्जेन्टिनी तथा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अगुइरोले म्यानचेस्टर डर्वीको प्रिमियर लिग खेल गुमााउने भएको छ । थाइ इन्ज्युरीका कारण अगुइरोले ७ डिसेम्वरमा हुने म्यानचेस्टर डर्वीको खेल गुमाउने पक्का भएको प्रशिक्षक पेप ग्वार्डिओलाले बताएका छन् ।

अगुइरोले चेल्सीविरुद्ध २–१ को जित निकालेको खेलमा चोट बोकेका थिए । उनी ७७औं मिनेटमा मैदान छाड्न बाध्य बनेका थिए । प्रशिक्षक ग्वार्डिओलाले अगुइरोले चोट बोक्नु क्लबका लागि दुखद् रहेको र के कति चोट हो भन्ने आउन बाँकी रहेको बताएका छन् । यस्तै प्रशिक्षक ग्वार्डिओलाले अगुइरोले च्याम्पियन्स लिग अन्तरगत शाख्तर डोनेस्कविरुद्धको खेल समेत गुमाउने बताएका छन् ।
सिटी र साख्तरबीचको खेल आज राति हुदैछ । ‘हो अगुइरोले चोट बोकेका छन् । उनको चोटको अवस्था के हो त्यो मलाई थाहा छैन । तर, उनले केही खेल गुमाउने पक्का छ ।’ ग्वार्डिओलाले भने । अगुइरोले यो सिजन प्रिमियर लिगमा ९ गोल गरेका छन् ।

अगुइरोको अनुपस्थितिमा सिटीको अग्रपङ्ति ब्राजिलियन फरवार्ड ग्याब्रियल जेससले सम्हाल्ने पक्का छ । उनले यो सिजन प्रिमियर लिगमा ५ गोल गरेका छन् ।
प्रिमियर लिगमा सिटी १३ खेलबाट २८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । अपराजित रहेको लिभरपुल ३७ अंकसहित शीर्षस्थानमा तथा लेस्टर सिटी २९ अंक जोडेर दोस्रो स्थानमा छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]