9 years ago
June 23, 2016
साढे तीन घण्टा पछी नतिजा निकाल्दै चिली ले अर्जेन्टिना सँग फाइनल मा प्रतिस्पर्धा गर्ने पक्का भएको छ ।
दुइ घण्टा भन्दा बढी समय खराब मौसम ले रोकिएको खेल मा २-० को जित निकाल्दै चिलिले आघिल्लो संस्करण जस्तै अर्जेन्टिनासँग फाइनलमा भिड्ने छ ।
कारीब २ घण्टा रोकिएर सुरु भएको खेलमा चिलीले खेल रोकिनु अघी नै दुइ गोल गरी सकेको थियो । खेलको सुरुवातको ७ र ११ मिनेटमा गोल गर्दै अग्रता लिएको चिलीले खेल फेरि शुरु भएपछी पनि आफ्नो अग्रता जोगाइ रख्यो ।
मेक्सिसो बिरुध भारी जित हासिल गरेको चिलीको लागी सेमी फाइनलमा आरङुइजले ७ औ मिनेटमा र फ्युएन्जालिदाले ११ मिनेटमा गोल गरेका थिए ।
साबिक बिजेता चिलीले अब आइतबार आफ्नो उपाधी रक्षा गर्न अर्जेन्टिनासँग फाइनल मा भिड्ने छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]