6 years ago
December 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान सन्तोष साहुखलको गोलसँगै च्यासल युवा क्लबले सान मिगेल मछिन्द्र क्लबविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ ।

कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको दोस्रो चरणको पहिलो खेलमा च्यासल पहिलो हाफमा १-० ले अगाडि रहेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा कप्तान सन्तोषले २८ अौं मिनेटमा गोल गर्दै अग्रता दिलाए ।
खेलकाे तेस्राे मिनेटमा च्यासलका गाेलरक्षक एलेन न्याैपाने बिट भइसकेकाे अवस्थामा दिपक राईकाे फितलाे प्रहार डिफेन्डर नरेन्द्र चाैधरीले क्लियर गरिदिए । आठाैं मिनेटमा मछिन्द्रका अभिषेक रिजालकाे क्रसलाई एडिलाजा साेमिडेले हेडिङ गर्ने प्रयास गरेपनि भेट्न सकेनन् ।

१०अाैं मिनेटमा साेमिडेकाे प्रहार पाेस्टबाट थाेरै बाहिरयाे ।२४अाैं मिनेटमा च्यासलका सुनिल बलकाे प्रहार आकासियाे ।
२८अाैं मिनेटमा कप्तान सन्ताेष साहुखलकाे उत्कृष्ट गाेलमा च्यासलले खेलमा अग्रता लिएकाे थियाे । सन्ताेषले तीन डिफेन्डर वरपर रहेको अवस्थामा टर्नमा गरेको सशक्त प्रहार गाेलरक्षक विशाल श्रेष्ठले राेक्ने कुनै माैका पाएनन् ।
३०अाैं मिनेटमा मछिन्द्रले बराबरीकाे सुन्दर माैका खेर फाल्याे । दिपक राईकाे प्रहार गाेलरक्षक एलनले पञ्च गरेर बचाईदिए । लगत्तै साेमिडेकाे प्रहारले पाेस्टकाे दिशा लिन सकेन । ३५अाैं मिनेटमा रन्जित धिमालकाे फ्रिकिक क्रसबारबाट बाहिरिँदा मछिन्द्र बराबरीबाट चुकेकाे थियाे ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]