6 years ago
December 20, 2019
काठमाडौं (हाम्रो खेलकुद)– खेलको अन्त्यतिर दुई गोल गर्दै ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा एनआईबिएल फ्रेन्ड्स क्लबमाथि रोमाञ्चक जित निकालेको छ । बिबिसीको दोस्रो खेलमा यो पहिलो जित हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा बिबिसीले फ्रेन्ड्समाथि २–० को जित निकालेको हो । ८७औं मिनेटमा जय गुरुङले पेनाल्टी बक्सभित्रबाट गोल गर्दै बिबिसीलाई अग्रता दिलाए ।
इन्ज्युरी समयको पहिला मिनेटमा रोशन रानामगरले गोल गर्दै बिबिसीको अग्रतार्लाइ दोब्बर पारेका थिए । त्यसअघि दुवै टोलीले गोलका केही सुन्दर मौका खेर फालेको थियो ।
बिबिसी पहिलो खेलमा मछिन्द्रसँग २–० ले पराजित भएको थियो । फ्रेन्ड्सको यो लगातार दोस्रो हार हो । यसअघि फ्रेन्ड्स पहिलो खेलमा विभागिय टोली त्रिभुवन आर्मी क्लबसँग २–१ ले पराजित भएको थियो ।
आजै सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा उपाधि दाबेदारका रुपमा हेरिएको मछिन्द्र क्लब र च्यासल युथ क्लबले १–१ को बराबरी खेलेका थिए ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]