default_image

6 years ago

December 21, 2019

एनआरटीलाई हराउँदै संकटा विजयी

131 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – संकटा क्लबले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत न्यु रोड टिम (एनआरटी) लाई पराजित गर्दै  पहिलो जित दर्ता गरको छ ।

दशरथ रंगशालमा शनिबार भएको खेलमा संकटा १-० ले विजयी रहयो । पहिलो हाफमा दीपेश आलेमगरले गरेको गोल नै संकटाको जितमा निर्णायक रहयो । खेलकाे तेस्राे मिनेटमा दिपेशकाे प्रहार बाहिर जाँदा संकटा अग्रता लिनबाट चुकेको थियो । चाैथा मिनेटमा एनआरटीका सराेज तामाङकाे क्रसमा जाेर्डन ओवानाकाे हेडर बाहिरियो ।

नवौं मिनेटमा दिपेशले गाेल गर्दै संकटालाई अग्रता दिलाए । उनले अमित तामाङले दिएको लो क्रसलाई ब्याक पोस्टमा अनमार्क रहेको अवस्थामा गोलमा परिणत गरेका थिए । २४ औं मिनेटमा डि एरियाभित्र अनमार्क रहेका राजेश परियारकाे प्रहार आकासियो । २५ औं मिनेटमा एनआरटिका दर्शन गुरुङकाे फितलाे प्रहार गाेलरक्षक विनय श्रेष्ठले सहजै बचाईदिए ।

३८ औं मिनेटमा एनआरटि कप्तान प्रकाश बुढाथाेकीकाे क्रस पासलाई जाेर्डन ओवानाले बक्सभित्र भेट्न सकेनन् । ४२ औं मिनेटमा संकटाका फरवार्ड अजायी मार्टिन्सकाे हेडर गाेलरक्षक अजित प्रजापतिले उत्कृष्ट डाइभ दिंदै बचाए । पहिलो हाफमा संकटाले १-० को अग्रता लिएको थियो ।

दोस्रो हाफको दोस्रो मिनेटमा ४७ औं मिनेटमा मेसाेउके इटिग्नेकाे बक्सभित्रकाे प्रहारलाई एनआरटीका कप्तान प्रकाश बुढाथाेकीले गाेललाइनबाट हेडिङ गर्दै बचाए । लगत्तै अर्काे प्रहारलाई एरिक विष्टले अर्काे हेडिङ गर्दै बचाए । ५३ औं मिनेटमा करिब ३५ यार्डमा कप्तान अमित तामाङकाे फ्रिकिकलाई गाेलरक्षक अजित प्रजापतिले पञ्च गरेर बचाइदिए ।

६५ औं कप्तान प्रकाशकाे बक्स बाहिरकाे सशक्त प्रहार संकटाका गाेलरक्षक विनयले राम्राेसँग नियन्त्रणमा लिन नसकेकाे बललाई दर्शन गुरुङले भेट्न नसक्दा दोस्रो प्रयासमा विनयले नियन्त्रणमा लिए । ६९ औं मिनेटमा एरिक बिष्टकाे प्रहार विनयले बचाए । लगत्तै प्रकाशकाे कर्नरमा बियक बियककाे हेडरलाई विनयले नियन्त्रणमा लिन सफल भए ।

७७ औं मिनेटमा कप्तान प्रकाशले मैदानकाे मध्यभागबाट उपलब्ध गराएकाे पासलाई दर्शन गुरुङले एक डिफेन्डरलाई बिट गर्दै गरेकाे प्रहार गाेलरक्षक विनयले बचाईदिदा एनआरटी बराबरीबाट चुक्याे । ८० औं मिनेटमा अशाेक थापाले गाेल गरेपनि रेफ्रीले अफसाइडकाे इसारा गरे । ८१ औं मिनेटमा संकटाले अग्रता दाेब्वर पार्ने सुन्दर माैका खेर फाल्याे । गाेलरक्षक अजित बिट भइसकेकाे अवस्थामा मेसाेउके इटिग्निकाे क्रस पासलाई अजायी मार्टिन्सले क्लाेज रेन्जबाट हेडिङ गरेपनि पाेस्टबाट थाेरै बाहिरियाे ।

यस जितसँगै पहिलो खेलमा पराजित संकटाले ३ अंक जोडेको छ । यता पहिलो खेलमा जित दर्ता गरेपनि एनआरटी १ अंकमा सिमित छ । अघिल्लो सिजन अंक तालिकाको पुछारमा रहेकाले एनआरटीको २ अंक घटाइएको हो ।

December 14, 2025

इस्ट बंगाल र एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]

December 14, 2025

एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको‌ कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]

December 14, 2025

कास्य पदक विजेता चन्द्रसहित बक्सिङ टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा‌ सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको‌ छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]

Success

Thank you for your time.