default_image

6 years ago

December 23, 2019

सावित्राको ह्याट्रिकसँगै एपिएफ फाइनलमा

164 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद ) – विभागीय डर्वी भिडन्तमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै नेपाल एपीएफ क्लब सातौं प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

भद्रकालीस्थित नेपाल आर्मीको हेडक्वाटरको खेल मैदानमा सोमबार बिहान भएको खेलमा नेपाली राष्ट्रिय टोलीका समेत स्टार फरवार्ड सावित्रा भण्डारीले ह्याट्रिक पुरा गरेपछि पुलिसलाई अतिरिक्त समयमा ५–२ ले पराजित गर्दै एपीएफ फाइनलमा पुग्न सफल भएको हो । एपीएफ लगातार छैटौ पटक फाइनलमा पुग्न सफल भएको हो ।

पहिलो संस्करणमा तेस्रो र दोस्रो संस्करणमा दोस्रो भएको एपीएफले त्यसपछिको सबै चार संस्करणको च्याम्पियन बन्न सफल भएको थियो । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समयको खेल २–२ गोलको बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा एपीएफले ३ गोल गर्दै उपाधि नजिक पुगेको हो ।

 

एपीएफकी सावित्रा भण्डारी ‘साम्वा’ ले ह्याट्रिक तथा र अनिता बस्नेत र वैकल्पिक खेलाडी रेखा पौडेलले गोल गरिन् । पुलिसकी निशा सुनुवार र कप्तान घिम कुमारी गुरुङले गोल फर्काइन् ।
खेलको तेस्रो मिनेटमा सावित्राले दुई डिफेन्डरलाई बिट गर्दै उत्कृष्ट गोल गर्दै एपीएफलाई अग्रता दिलाईन् ।

त्यसपछि दुवै टोलीले गोलको केही अवसर सिर्जना गरेपनि गोल गर्न चुकिरहेको थियो । ४३ औं मिनेटमा पुलिसकी निशा सुनुवारले बराबरी गोल फर्काइन् । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा अनिता बस्नेतले गोल गर्दै एपीएफलाई पहिलो हाफमा २(१ ले अघि बढाईन् ।
८७औं मिनेटमा पुलिसकी कप्तान घिम कुमारी गुरुङले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याउदै खेललाई अतिरिक्त समयमा लम्ब्याएको थियो ।

१०७औं मिनेटमा सावित्राले गोल गर्दै एपीएफलाई ३–२ ले अघि बढाइन् । त्यसको दुई मिनेटपछि साबित्राकै पासमा वैकल्पिक खेलाडी रेखाले गोल गर्दै एपीएफको जित पक्का गरिन् । रेखा ४६औं मिनेटमा कप्तान अनु लामाको स्थानमा मैदानमा प्रवेश गरेकी थिइन् । ११५औं मिनेटमा साबित्राले ह्याट्रिक पूरा गर्दै एपीएफलाई ५–२ को जित सहित फाइनलमा पुर्‍याइन् ।

अब एपीएफले उपाधिका लागि बुधबार आर्मी र भुटानबीचको बिजेतासँग खेल्नेछ । आर्मी र भुटानबीचको खेल आजै दिउँसो २ बजेपछि भद्रकालीमा हुनेछ ।

December 14, 2025

एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको‌ कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]

December 14, 2025

कास्य पदक विजेता चन्द्रसहित बक्सिङ टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा‌ सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको‌ छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

Success

Thank you for your time.