default_image

6 years ago

December 24, 2019

विमलसहित ४ खेलाडीको अपिलको निर्णय आज आउने सम्भावना !

138 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– कारवाही घटाउन माग गर्दै अपिल गरेका राष्ट्रिय फुटबल टोलीका सदस्य विमल घर्ती मगरसहित ४ खेलाडीका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) को अपिल कमिटीले आज निर्णय सुनाउने सम्भावना छ ।


अनुशासन उल्लघंन गरेको भन्दै एन्फाले मंसिर २७ गतेका दिनबाट लागु हुने गरि विमल, अन्जन विष्ट, दीनेश राजवंशी र सन्तोष तामाङलाई कारवाही गरेको थियो । विमल र दीनेशर्लाइ ९० दिन तथा अन्जन र सन्तोषलाई ४५ दिन निलम्बन गर्ने र सबैलाई ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

‘अपिल कमिटिको निर्णय आज आउँछ,’ एन्फा श्रोतले भन्यो, ‘चारै जनालाई आज बोलाउँछौं । कारवाही घटाउने सम्भावना कम छ । तर पुरानै मितिबाट लागु हुने गरि कारवाही कायम हुन सक्दछ ।’

आफूहरुले गल्ति गरेको र त्यसको सजाय पनि भोगेको उल्लेख गर्दै कारवाही घटाइ दिनका लागि अपिल कमिटी समक्ष मंसिर ३० गते चारै जनाले अलग अलग निवेदन दर्ता गराएका थिए । निलम्बनकै कारण विमल, अन्जन र दिनेश दुई साता अघि स्वदेश मै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) यू २३ टोलीबाट हटाइएका थिए । कारवाही गर्नुपर्ने घटना भएको एक महिनापछि मात्र एन्फाले ४ खेलाडीमाथि निलम्बन गरेको थियो ।

४ खेलाडीले मंसिर ३ गते कुवेतसँगको विश्व कप छनोट खेल्नका लागि भुटान जानुअघि अघिल्लो राती डिस्को गएर मादक पदार्थ सेवन गरेको भन्दै समाचार सार्वजनिक भएपछि एन्फाले कारवाही गरेको थियो । भुटान जानका लागि कात्तिक ३० गते एन्फा पुगेपनि कारवाही सुनेपछि ४ जना घर फर्केका थिए ।

कात्तिक ३० गते देखि कारवाही लागु भएमा सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबका अन्जन र आर्मीका सन्तोषलेले कतार एयरवेज सहिद स्मारक एक डिभजिन लिगमा अबका दुई खेल मात्र गुमाउनेछन् । एन्फाको कारवाहीमा यथावत रहेमा अन्जन र सन्तोषले लिगको सुरुवाती डेढ महिनाको खेल गुमाउनेछन् । अन्जन साविक विजेता मनाङ मुख्य खेलाडी हुन् । उनि विना मनाङले खेलेका दुवै खेल जित्दै शीर्षस्थानमा रहेको छ । त्यस्तै सन्तोषले आर्मीको मिडफिल्ड सम्हाल्दै आएका छन् ।

कात्तिक ३० देखि कारवाही लागु भएमा दीनेशले भने अझै डेढ महिना लिगको खेलमा गुमाउनेछन् । उनी यहि सिजन रुस्लान थ्री स्टार क्लब छोडेर च्यासल युथ क्लबसँग आबद्ध भएका थिए । उनले गत महिना सम्पन्न चन्द्रागिरी गोल्डकप पनि खेलेका थिए । विमलको हकमा भने उनी माल्दिभ्सको लिग खेलिरहेका कारण एन्फा अन्तर्गत प्रतियोगितामा मात्र कारवाही हुनेछ । यसबीचमा राष्ट्रिय टोली अथवा अन्य कुनै प्रतियोगिता भएको खण्डमा विमल सहभागी हुने छैनन् । विमलले पछिल्लो समय माल्दिभ्सको शीर्ष डिभिजनको क्लब टीसी स्पोर्ट्सबाट खेल्दै आएका छन् ।

एन्फा एकेडेमीका उत्पादन विमल, अन्जन र दीनेश एकै ब्याचका खेलाडी हुन् । उनीहरुले यू १६, १९ देखि नै सँगै खेल्दै आएका छन् । यी तीनको निवेदनको बेहोरा लगभग उहि रहेको बताइएको छ । आफुहरुबाट गल्ति भएको, आइन्दा यस्तो गल्ति नदोहोरिने र कारवाही घटाइदिन भन्दै उनीहरुले अलग अलग निवेदन अपिल कमिटिलाई बुझाएका थिए । सन्तोष पछिल्लो वर्षबाट राष्ट्रिय टोलीमा पर्दै आएका छन् ।

December 14, 2025

एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको‌ कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]

December 14, 2025

कास्य पदक विजेता चन्द्रसहित बक्सिङ टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा‌ सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको‌ छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

Success

Thank you for your time.