default_image

6 years ago

December 24, 2019

विमलसहितका ४ खेलाडीको कारवाही गणना पुरानै मितिबाट

205 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– विमल घर्ती मगरसहितका ४ खेलाडीको कारवाही यथावत राख्दै अखिल नेपाल फुटबल संघ (एन्फा) को अनुशासन समितिले ले राष्ट्रिय टोलीबाट निकालिएकै मितिबाट निलम्बनको गणना गर्ने निर्णय गरेको छ ।

अनुशासन समितिले खेलाडीको अपिलपछि उनीहरुमाथिको कारवाही यथावत राख्दै निलम्बनको मिति भने कात्तिक ३० गतेबाट लागु हुने निर्णय गरिएको एन्फाले आफ्नो वेभसाइटमार्फत जनाएको छ ।

अनुशासन उल्लघंन गरेको भन्दै एन्फाले मंसिर २७ गतेबाट लागु हुने गरि विमल, अन्जन विष्ट, दीनेश राजवंशी र सन्तोष तामाङलाई निलम्बन गरको थियो । विमल र दीनेशलाई ९० दिन तथा अन्जन र सन्तोषलाई ४५ दिन निलम्बनसहित ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

मंसिर ३० गते चारै खेलाडीले गल्ति स्वीकार गर्दै कारवाही अवधि घटाइदिन अपिल कमिटि समक्ष निवेदन दिएका थिए । तर, एन्फाले कारवाही यथावत राख्दै घटना भएको भोली पल्ट अर्थात कात्तिक ३० गतेबाट निलम्बनको गणना गर्ने निर्णय गरेको छ ।

अब अन्जन र सन्तोषको निलम्बन भने पुस १५ बाट फुकुवा हुनेछ । विमल र दीनेशको हकमा भने माघको ३० गते उनीहरुमाथिको निलम्बन फुकुवा हुनेछ । अन्जन र सन्तोषले जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा अबका दुई चरणका खेल गुमाउँछन् । यसअघिका २ खेल उनीहरुले गुमाइसकेका छन् ।

४ खेलाडीले मंसिर ३ गते कुवेतसँगको विश्व कप छनोट खेल्नका लागि भुटान जानुअघि अघिल्लो राती डिस्को गएर मादक पदार्थ सेवन गरेको भन्दै समाचार सार्वजनिक भएपछि एन्फाले कारवाही गरेको थियो । भुटान जानका लागि कात्तिक ३० गते एन्फा पुगेपनि कारवाही सुनेपछि ४ जना घर फर्केका थिए ।

निलम्बनकै कारण विमल, अन्जन र दिनेश दुई साता अघि स्वदेश मै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) यू २३ टोलीबाट हटाइएका थिए । मंसिर २४ गते भएको फाइनलमा भुटानलाई हराउँदै नेपालले सागमा लागतार दोस्रो पटक स्वर्ण पदक जितेको थियो । सन् २०१६ को १२ औं संस्करणमा नेपालले स्वर्ण पदक जित्दा विमल, अन्जन र दीनेश तीनै जना टोलीका सदस्य थिए ।

December 14, 2025

एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको‌ कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]

December 14, 2025

कास्य पदक विजेता चन्द्रसहित बक्सिङ टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा‌ सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको‌ छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

Success

Thank you for your time.