default_image

6 years ago

January 9, 2020

रंगशाला झगडा प्रकरण : जगजितसहित ६ खेलाडीलाई प्रतिबन्ध

309 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत पाँचौ चरणको खेलमा मछिन्द्र क्लब र मनाङ मर्स्याङ्दी क्लबबीचको खेल लगत्तै भएको घटनालाई लिएर अखिल नेपाल फुटबल संघ (एन्फा)ले ६ खेलाडीलाई कारवाही गरेको छ ।

एन्फाले बिहीबार आफ्नो वेबसाइटमा सूचना जारि गर्दै मनाङका जगजित श्रेष्ठ र अशोक बराललाई ५-५ खेल तथा अन्य ४ खेलाडीलाई २-२ खेल प्रतिबन्ध लगाएको जनाएको छ । जगजित र अशोकले जनही १० हजार रुपैयाँ जरिवाना समेत तिर्नुपर्ने भएको छ । अशोकले उक्त खेलपछि रातो कार्डसमेत पाएका हुनाले उनले ६ खेल गुमाउनेछन् । मनाङका रंजन विष्टलाई पनि २ खेल प्रतिबन्ध लगाइएको छ ।

यता मछिन्द्रबाट दीपक राई, देवेन्द्र तामाङ र विजय धिमालले पनि २-२ खेल प्रतिबन्ध भोग्नेछन् । मनाङका अफिसियल शिव लामाले भने लिग अवाधिबर प्रतिबन्ध भोग्दै १० हजार रुपैयाँ जरिवाना समेत तिर्नुपर्ने भएको छ । उनले मैदान प्रवेश विपक्षी खेलाडीलाई अपशब्द बोल्दै स्थिति तनावग्रस्त बनाएका थिए । एन्फाले दुवै क्लबलाई ५०-५० हजार जरिवाना समेत गराएको छ ।

लिग अन्तर्गत सोमबार दशरथ रंगशालामा उपाधि दाबेदार र हाल लिगका दुई शीर्ष टोलीबीचको खेल रोमान्चक हुने अपेक्षा थियो । र रेफ्रीले फाइनल व्हिसल बजाउँदासम्म त्यहि भयो पनि । तर फाइनल व्हिसल बजेलगत्तै रेफ्रीसँग मैदानको बीच भागमा गएर एकआपास हात मिलाउनु पर्ने दुई टोलीका खेलाडी हात हालाहालमा नै उत्रिएका थिए ।

दुवै टोलीले अग्रता लिएर पनि २-२ मा सकिएको खेलको रोमान्च एकाएक तनावको स्थितिमा पुग्यो । मैदान वरपर रहेका सुरक्षामा तैनाथ गार्ड नै मैदान प्रवेश गरे । दुवै क्लबका बेन्चका खेलाडी र अफिसियल पनि मैदानको बीचमा पुगे । केहि अफिसियलले खेलाडीलाई छुट्याउन थाले त केहिले उक्साउने नै प्रयास गरेको देखिन्थ्यो । राष्ट्रिय टोलीबाट खेलिसकेका मनाङका जगजितले मछिन्द्रका फरवार्ड दीपकमाथि दुर्व्यवहार गरेपछि सुरु भएको झगडाले उग्र रुप लियो ।

जगजितले पुन: दीपकमाथि हात उठाएपछि उनीमाथि जंगीन खोजेका दीपकलाई सहकर्मी साथीले रोके । तर त्यसबेला नै बेन्चबाट आएका वैकल्पिक खेलाडीले स्थिति बिगारे । समूह समूहमा बाँडिएर खेलाडी एकआपसमा छुट्टयाउन लागे । केहि अफिसियल पनि मैदान छिरे र सुरक्षा गार्डको संख्या कम भयो । मैदानबाहिर सुरक्षार्थ खटिएका प्रहरी पनि साथ दिन मैदान पसे ।

यसक्रममा रेफ्रीले मनाङका वैकल्पिक खेलाडी अशोक बराललाई रातो कार्ड देखाए । भिडियो हेर्दा उनले मनाङका देवेन्द्र तामाङमाथि मुक्का हानेको देखिन्छ । त्यसैकारण पनि देवेन्द्रलाई रोक्न मछिन्द्रका अफिसियल र प्रहरीलाई हम्मे हम्मे परेको थियो । रेफ्रीले थप कार्ड त देखाएनन् तर एन्फाले भिडियो अध्ययन गरेर दोषी खेलाडीलाई कारवाही गरेको हो ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.