default_image

6 years ago

January 18, 2020

मनाङ र थ्री स्टारको रोमाञ्चक बराबरी

169 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबारको दोस्रो खेलमा मनाङ मर्स्याङ्दी र रुस्लान थ्री स्टारको खेल २-२ को बराबरीमा सकिएको छ ।

 

खेलकाे पाँचाै मिनेटमा मनाङका बिमल रानाकाे प्रहार गाेलरक्षक प्रिसाेले सहजै बचाए । १७ औं मिनेटमा सन्जाेक राईकाे हेडर पाेस्टबाट थाेरै बाहिरिदा थ्री स्टार अग्रता लिनबाट चुक्याे ।

१९औं मिनेटमा डेब्यु गरिरहेका भारतीय खेलाडी लालरम्मावियाले फ्रिकिकमा सिधै गाेल गर्दै थ्री स्टारलाई अग्रता दिलाए । पुजन उपरकाेटीले ह्यान्ड गरेपछि बक्सबाहिर प्राप्त फ्रिकिकमा लालरम्मावियाले सुन्दर गाेल गर्न सफल भएका थिए ।

३१औं मिनेटमा अन्जन विष्टकाे फ्रिकिकलाई गाेलरक्षक प्रिसाेले उत्कृष्ट बचाउ गरे । ३९ औं मिनेटमा लालरम्मावियाकाे पासमा शिव सुवेदीकाे प्रहार पाेस्टबाट थाेरै बाहिरिदा थ्री स्टारले अग्रता दाेब्बर पार्ने अवसर खेर फाल्याे ।

लगत्तै ४० औं मिनेटमा मनाङका विमल रानाकाे प्रहार आकासियाे । इन्ज्युरी समयको पहिलो मिनेटमा अन्जनको प्रहारले पनि पोस्टको दिशा लिन सकेन । तेस्रो मिनेटमा लालरम्मावियाको हेडरलाई गोलरक्षक दीपले बचाउँदै स्कोर १-० नै कायम राखे ।

४९ औं मिनेटमा अन्जन विष्टले पेनाल्टीमा गाेल गर्दै खेललाई १-१ गाेलकाे बराबरीमा ल्याए । अशाेक खवासले पेनाल्टी बक्समा अन्जनलाई लडाएपछि प्राप्त पेनाल्टीमा अन्जन आफैंले गाेल गर्न सफल भएका थिए ।

६७ औं मिनेटमा अन्जनले व्यक्तिगत दोस्रो गाेल गर्दै मनाङलाई खेलमा २-१ काे अग्रता दिलाए । कप्तान कमल श्रेष्ठकाे फ्रिकिकमा अन्जनकाे हेडर पाेस्टमा लाग्दै गाेलमा परिणत भएकाे थियाे । ७९ औं मिनेटमा अन्जन बिष्टकाे हेडर गाेलरक्षक प्रिसाेले बचाए ।

८४  औं मिनेटमा लालरम्मावियाले गाेल गर्दै खेललाई २-२ गाेलकाे बराबरीमा ल्याए । अनन्त तामाङको हेडर गोलरक्षक दीपले बचाएपछि रिबाउन्डमा उनी गोल गर्न सफल भए ।

यस बराबरीसँगै मनाङले ७ खेलमा १३ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ । थ्रीस्टार भने ७ खेलमा ११ अंकसाथ चौथो स्थानमा छ ।

December 14, 2025

एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको‌ कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]

December 14, 2025

कास्य पदक विजेता चन्द्रसहित बक्सिङ टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा‌ सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको‌ छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

Success

Thank you for your time.