6 years ago
January 19, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तगत सातौ राउन्डको तेस्रो दिन आज (आइतबार) दुई खेल हुदैछ ।

एन्फा कम्प्लेक्समा हुने दिनको पहिलो खेलमा न्युरोड टिम (एनआरटी) र विभागीय नेपाल एपीएफबीच बिहान ११ः३० बजे तथा दोस्रो खेलमा फ्रेन्ड्स र सरस्वतीबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुँदैछ ।
अंक दुरी खासै फरक नहुदा सरस्वती र फ्रेण्ड्स लिगको रेलिगेसन जोनमा रहेका टोली हुन् । यही रेलिगेशन जोनको नजिक रहेका फ्रेन्ड्स र सरस्वती आइतबारको सातौ चरणको खेलमा आमने सामुने हुँदैछन् ।
जित निकाल्दै फ्रेण्ड्स र सरस्वती रेलिगेशन जोनबाट उम्कने दाउँमा हुनेछ । फ्रेन्ड्स दोस्रो जितको खोजीमा छ । सरस्वती पहिलो जित निकाल्न चाहन्छ । जितविहीन सरस्वतीले ५ हार र एक बराबरको नतिजा निकालेको छ । त्यसैले पनि सरस्वती पहिलो जित निकाल्दै रेलिगेसनबाट उम्कने दाउमा हुनेछ । छैटौं राउन्डमा बीबीसीसँग गोलरहित बराबरी खेल्दै सरस्वतीले लिगमा पहिलो अंक जोडेको थियो ।
अघिल्लो खेलमा ललितपुर डर्वीमा रुस्लान थ्री स्टार क्लबलाई १–० ले पराजित गरेको फ्रेन्ड्स सरस्वतीविरुद्ध उच्च मनोवलमा मैदानमा उत्रनेछ । फ्रेन्ड्स १ जित, ३ हार र २ बराबरीसहित ५ अंक जोडेर तलिकाको १२औं स्थानमा छ ।
दिनको पहिलो खेलमा एनआरटी र एपीएफ खेल हुदैछ । एपीएफ लिगमा दोस्रो जितको खोजीमा हुनेछ । एपीएफले १ जित, ३ हार र २ बराबरीसहित ५ अंक जोडेको छ । एनआरटीविरुद्ध जित निकाले एपीएफ रेलिगेसन जोन छाड्ने छ । एनआरटी चौथो जित निकाल्दै शीर्ष ६ मा पर्ने दाउमा हुनेछ । एनआरटी ३ जित, २ हार र १ बराबरीसहित ८ अंक जोडेर सातौ स्थानमा छ ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]