6 years ago
January 19, 2020
काठमाडौं (हाम्रो खेलकुद) – न्यु रोड टिम (एनआरटी) ले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार नेपाल एपीएफ क्लबलाई ३-२ ले पराजित गरेको छ ।

एनआरटीले खेलको २४ औं मिनेटमा आन्द्रे बिइकबिइकको हेडर गोलमा अग्रता लिएको थियो । तर आशीष लामाले ४१ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । उनले नवीन लामाको पासमा गोल गरे ।
आशीषकै गोलमा एपीएफले दोस्रो हाफको ५३ औं मिनेटमा अग्रता लिएको थियो । उनले फ्रिकिकमा सुन्दर गोल गर्दै एपीएफलाई सुदृढ अवस्थामा पुर्याए ।
खेलको ८० औं मिनेटमा विरेन्द्र यादवले आत्मघाती गोल गरेपछी खेल बराबरीमा आयो । नवीन गुरुङको पास क्लियर गर्ने क्रममा विरेन्द्र आफ्नै पोस्टमा गोल गर्न पुगे । त्यसको ४ मिनेटपछि दर्शन गुरुङले गोल गर्दै एनआरटीलाई अगाडि बढाए ।
इन्ज्युरी समयको तेस्रो मिनेटमा प्रदीप लामाको प्रहार गोलरक्षकले रोकेपछि एपीएफले अंक जोड्न सकेन । खेलमा उत्कृष्ट प्रदर्शन गरेका
एनआरटीका मिडफिल्डर एरीक विष्ट म्यान अफ दि म्याच घोषित भए ।
यस जितसँगै एनआरटीले लिगको ७ खेलमा ४ जित र १ बराबरीसँगै ११ अंक भएको छ । गत सिजन पुछारमा रहेका कारण
एनआरटीको २ अंक घटाइएको छ । यता ५ अंकमा सिमित एपीएफ भने ११ औं स्थानमा छ ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]