default_image

6 years ago

January 19, 2020

बर्नलीसँग लेस्टरको हार

129 views

0 Bookmark

एजेन्सी – दोस्रो हाफमा क्रिस उड र एस्ले वेस्टउडले गोल गरेपछि लेस्टरमाथि बर्नलीले प्रिमियर लिगमा आइतबार लेस्टर सिटीलाई २–१ ले हराएको छ । निक पोपले पेनाल्टी रोक्दै लेस्टरलाई दोस्रो पटक अग्रता लिनबाट रोकेका थिए ।

खेलमा भने लेस्टरले अग्रता लिएको थियो । हार्भे बार्न्सले ३३ औं मिनेटमा गोल गर्दै लेस्टलाई अग्रता दिलाएका थिए । उडले ५६ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । कास्पेर स्माइकलको प्रहारलाई मीले रोकेपछि त्यसमा प्राप्त बलमा उडले नजिकबाट ट्याप गर्दै खेललाई बराबरीमा पुर्याएका थिए ।

बर्न्सलाई मीले पेनाल्टी बक्समा फाउल हानेपछि लेस्टरले पेनाल्टी पाएको थियो । तर जेमी भार्डीको पेनाल्टी प्रहारलाई पोपले रोक्दै लेस्टरलाई अग्रता लिन दिएनन् । त्यसको फाइदा लिँदै वेस्टउडले ७९ औं मिनेटमा गोल गर्दै बर्नलीलाई जित दिलाए ।

पाँचौं खेलमा पहिलो जित हासिल गरेको बर्नली २७ अंकसहित १४ औं स्थानमा उक्लेको छ । छैटौं खेलमा चौथो हार बेहोरेको लेस्टर ४५ अंक साथ तेस्रो स्थानमा छ । दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा लेस्टरको ३ अंक कम छ ।

December 14, 2025

एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको‌ कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]

December 14, 2025

कास्य पदक विजेता चन्द्रसहित बक्सिङ टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा‌ सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको‌ छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

Success

Thank you for your time.