6 years ago
January 20, 2020
एजेन्सी – लिभरपुल प्रिमियर लिगको शीर्षस्थानमा थप मजबुत भएको छ । आइतबार म्यानचेस्टर युनाइटेलाई २–० ले हराउँदै लिभरपुल थप बलियो बनेको हो । प्रिमियर लिगमा लिभरपुलको यो लगातार १३ औं जित हो ।
यो सिजन २२ खेलमा अपराजित रहेको लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई १६ अंकले पछाडि छाडेको छ । अझै लिभरपुलले सिटीले भन्दा एक खेल कम खेलेको छ । लिभरपुललाई जित दिलाउन भर्जील भान डाइक र मोहम्मद सलाहले गोल गरे । डाइकले १४ औं मिनेटमा हेडमार्फत गोल गरेका थिए । ट्रेन्ट अलेक्जेन्डरको कर्नरमा डाइकले हेडमार्फत गोल गरेका थिए ।
इन्जुरी समयको तेस्रो मिनेटमा काउन्टर एट्याकमा सलाहले गोल गर्दै टोलीको जित पक्का गरे । युनाइटेडले गोलको केहि अवसर पाएको थियो । तर सफल भएन । २२ खेलमा शीर्षस्थानको लिभरपुलको ६४ अंक छ । दोस्रो स्थानको सिटीलको ४८, लेस्टरको ४५, चौथो स्थानको चेल्सीको ३९ र पाँचौं स्थानको युनाइटेडको ३४ अंक छ ।
त्यसअघि दोस्रो हाफमा क्रिस उड र एस्ले वेस्टउडले गोल गरेपछि लेस्टरमाथि बर्नलीले लेस्टर सिटीलाई २–१ ले हराएको थियो । निक पोपले पेनाल्टी रोक्दै लेस्टरलाई दोस्रो पटक अग्रता लिनबाट रोकेका थिए । खेलमा भने लेस्टरले अग्रता लिएको थियो । हार्भे बार्न्सले ३३ औं मिनेटमा गोल गर्दै लेस्टलाई अग्रता दिलाएका थिए ।
उडले ५६ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । जेमी भार्डीको पेनाल्टी प्रहारलाई पोपले रोक्दै लेस्टरलाई अग्रता लिन दिएनन् । वेस्टउडले ७९ औं मिनेटमा गोल गर्दै बर्नलीलाई जित दिलाए । पाँचौं खेलमा पहिलो जित हासिल गरेको बर्नली २७ अंकसहति १४ औं स्थानमा उक्लेको छ । छैटौं खेलमा चौथो हार बेहोरेको लेस्टर ४५ अंक साथ तेस्रो स्थानमा छ ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]