default_image

6 years ago

January 20, 2020

बार्सिलोना ला लिगाको शीर्षस्थानमा

176 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगाकाे शीर्षस्थानमा उक्लिएकाे छ। घरेलु मैदानमा ग्रानडालाई १-० ले पराजित गर्दै बार्सिलाेनाले स्पेनिस महारथी रियाल म्याड्रिडलाई पछि पार्दै शीर्षस्थानमा पुनरागमन गरेकाे हाे ।

घरेलु मैदान नाेउ क्याम्पमा आइतबार राति भएकाे खेलमा बार्सिलाेनाले १० खेलाडीमा समेटिएकाे ग्रानडामाथि १-० काे झिनाे जित निकालेकाे हाे । खेलकाे सुरुवात देखि नै ग्रानडालाई दवावमा राखेपनि बार्सिलाेनाले गाेलकाे लागि दाेस्राे हाफ नै कुर्नु परेकाे थियाे ।

खेलकाे ११अाैं मिनेटमा जाेर्डी अल्वाकाे थ्रु पासमा कप्तान लियाेनेल मेस्सीले एक डिफेन्डरलाई कटाएर दिएकाे पासमा अन्सु फातीकाे क्लाेज रेन्जबाटकाे प्रहार बाहिरिँदा बार्सिलाेनाले खेलमा अग्रता लिने अवसर खेर फालेकाे थियाे । १४ अाैं मिनेटमा मेस्सीकाे फ्रिकिक क्रसबारमा लागेर बाहिरिँदा बार्सिलाेना अग्रता लिनबाट चुक्यो ।

६७ अाैं मिनेटमा ग्रानडाले खेलमा अग्रता लिने सुवर्ण अवसर खेर फाल्याे । काउन्टर एट्याकमा यान ब्रिस इटिकीकाे प्रहार पाेस्टमा लागेर फर्कदा बार्सिलाेनाका डिफेन्डरले क्लियर गरिदिए ।

६९अाैं मिनेटमा ग्रानडा १० खेलाडीमा समेटियाे । जर्मन सान्चेज दाेहाेराे पहेँलो कार्ड खादै मैदानबाट बाहिरिए । त्यसपछि ग्रानडाले बार्सिलाेनालाई राेक्न सकेन । त्यसकाे फाइदा बार्सिलाेनाले उठायाे ।

७६अाैं मिनेटमा कप्तान लियाेनेल मेस्सीकाे गाेलबाट बार्सिलाेनाले खेलमा अग्रता लिन सफल भयाे । मेस्सीले आर्टुराे भिडालकाे पासमा गमेल गर्न सफल भएका थिए । त्यसपछि थप गाेल निस्कन नसक्दा बार्सिलाेनाले १-० काे झिनाे जित निकाल्न सफल भयाे ।

बार्सिलाेनाले रियाललाई गाेल अन्तरमा पछि पार्दै शीर्षस्थानमा पुनरागमन गरेकाे हाे । बार्सिलाेनाकाे २० खेलबाट ४३ अंक पुगेकाे छ । रियालकाे पनि समान ४३ अंक छ । पराजित ग्रानडा २७ अंक जाेडेर १०अाैं स्थानमा छ ।

December 14, 2025

एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको‌ कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]

December 14, 2025

कास्य पदक विजेता चन्द्रसहित बक्सिङ टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा‌ सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको‌ छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

Success

Thank you for your time.