6 years ago
January 20, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सातौं चरणको अन्तिम दिन आज दुई खेल हुँदैछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मध्यान्ह १२ बजे हुने दिनको पहिलो खेलमा ब्रिगेड ब्वाईज क्लब (बिबिसी) र संकटा क्लब भिड्दैछन् । त्रिपुरेश्वरमा दिउँसो ३ बने विभागीय त्रिभुवन आर्मी र च्यासल युथ क्लबबीच खेल हुने छ ।
उपाधि दावेदार आर्मी च्यासललाई पराजित गर्दै शीर्षस्थानमा स्पष्ट ३ अंकको अग्रता लिने लक्ष्यमा मैदानमा उत्रनेछ । आर्मीलाई यो अग्रता बढाउने अवसर पनि रहेको छ । गत साता संकटासँग १-१ गोलको बराबरीमा रोकिएपछि आर्मीले शीर्षस्थानमा उक्लने मौका गुमाएको थियो । कम्तिमा बराबरीको नतिजाले समेत आर्मी शीर्षस्थानमा उक्लनेछ । पराजित भएको अवस्थामा उपाधि सम्भावना जिवितै रहने भएपनि शीर्षस्थानमा उक्लने मौका गुमाउने छ।
कप्तान भरत खवास, नवयुग श्रेष्ठ, जर्जप्रिन्स कार्की, सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, दिनेश हेन्जन, बिकास खवास, सुमन अर्याल र बिकेश कुथु जस्ता नाम चलेका खेलाडीको साथ आर्मीलाई छ। उनीहरुले जुनसुकै बेला पनि नतिजा आफ्नो पक्षमा पार्न सक्ने क्षमता राख्दछन् । आर्मीले ४ जित, १ बराबरी र १ हारबाट १३ अंक जोडेको छ ।

यता, लिगमा १ सय गोलको आँकडा पार गरेको सन्तोष साहुखलको साथ पाएको च्यासल आर्मीलाई स्तब्ध पार्दै अंक तालिकामा सुधार गर्ने लक्ष्यमा हुनेछ । सुरुवाती दुई खेलमा दमदार सुरुवात गरेको च्यासलको प्रदर्शन त्यसपछि अपेक्षाकृत हुन सकेको छ । च्यासल ६ खेलबाट ६ अंक बटुल्दै तालिकाको १२औं स्थानमा छ ।
सोमबारै दिनको पहिलो खेलमा बिबिसी र संकटाबीच खे हुनेछ । अंक तालिकामा मध्यस्थानमा रहेको यी दुई टोलीबीचको खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । संकटा ६ खेलमा संकटा २ जित, २ बराबरी र २ हारसहित ८ अंक जोडेर आठौं स्थानमा रहँदा बिबिसी २ जित, ३ हार र १ बराबरी गर्दै ७ अंक जोडेर १०औं स्थानमा छ ।

राष्ट्रिय टिमका पुर्व कप्तान अनिल गुरुङको कप्तानीमा रहेको बिबिसीले सोमबार चार विदेशी खेलाडी मैदानमा उतार्दै संकटालाई पराजित गर्ने लक्ष्यमा हुनेछ । गत सिजनको उपविजेता संकटा पनि बिबिसीलाई पराजित गर्दै अंक तालिकामा सुधार गर्ने लक्ष्यमा हुनेछ ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]