6 years ago
January 20, 2020
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग २०७६ को शीर्षस्थानमा उक्लिएको छ । दशरथ रंगशालामा सोमबार भएको खेलमा आर्मीले च्यासल युवा क्लबलाई ३-० ले पराजित गर्यो ।

खेलको पहिलो हाफमा दुवै टोलीले केहि अवसर सिर्जना गरेपनि अग्रता लिन भने असमर्थ रहे । दोस्रो हाफको ५८ औं मिनेटमा कप्तान भरत खवासले उत्कृष्ट गोल गर्दै आर्मीलाई अग्रता दिलाए । मिडफिल्डबाट सेसेहाङ आङदेम्बेले दिएको थ्रु पासमा भरतले पेनाल्टी क्षेत्रको बाँया भागबाट गरेको शक्तिशाली प्रहार च्यासलका गोलरक्षक एलन न्यौपानेेले बचाउन सकेनन् ।
आर्मीका लागि ७३ औं मिनेटमा फरवार्ड नवयुग श्रेष्ठले अग्रता दोब्बर पारे । च्यासलको कर्नर विफल भएपछि अगाडि बढेको आर्मीको काउन्टर अट्याकमा विकास खवासको वन भर्सेस वनको प्रहारलाई एलनले बचाए । तर त्यसको रिबाउन्डमा अनमार्क रहेका नवयुगले पेनाल्टी क्षेत्रभित्र सहजै गोल गरे ।

खेलको ५ मिनेट समय बाँकी रहँदा आर्मीले अर्को गोल थप्दै जित पक्का गर्यो । पेनाल्टीमा सन्तोष तामाङले गोल गर्दै आर्मीका लागि महत्त्वपूर्ण तीन अंक सुनिश्चित गरे । पेनाल्टी क्षेत्रभित्र छिरिङ गुरुङले नवयुगलाई लडाएपछि प्राप्त पेनाल्टीमा सन्तोषले गोल गरेका थिए ।
इन्ज्युरी समयको तेस्रो मिनेटमा आर्मीले अग्रता बढाउने अर्को अवसर पायो । तर नवयुगको पेनाल्टी प्रहार पोस्टमा लाग्दै गोलमा परिणत हुन सकेन । छिरिङले दिनेश हेन्जनलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि आर्मीले पेनाल्टीको अवसर पाएको थियो ।
यस जितसँगै आर्मीले अंक तालिकाको शीर्ष स्थानमा उक्लँदै ३ अंकको अग्रता बनाएको छ । आर्मीले ७ खेलमा ५ जित, १ बराबरी र १ हारसँगै १६ अंक बनाएको छ । दोस्रो स्थानको मनाङ र तेस्रो स्थानको मछिन्द्रको समान १३-१३ अंक रहेको छ । यता च्यासल भने ७ खेलमा १ जित, ३ बराबरी र ३ हारसँगै ६ अंकसाथ १२ औं स्थानमा नै अड्किएको छ ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]