default_image

4 years ago

January 20, 2020

नेपाल र इङ्ल्यान्ड ‘सी’ बीच मैत्रीपूर्ण खेल हुने !

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीले झन्डै ४ महिनापछि इङ्ल्यान्डमा मैत्रीपूर्ण फुटबल खेल्ने सम्भावना बढेको छ । मे २५ मा इङ्ल्यान्डमा नेपाली राष्ट्रिय टोली र इङ्ल्यान्डको ‘सी’ टोलीबीच मैत्रीपूर्ण फुटबलका विषयमा छलफल गर्न इङ्ल्यान्डका फुटबल संघका प्रतिनिधि सोमबार राजधानी आइपुगेका छन् । एफएका प्रतिनिधि एन्ड्रियू शाह र लाउरेन्स जोन्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल […]

37 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीले झन्डै ४ महिनापछि इङ्ल्यान्डमा मैत्रीपूर्ण फुटबल खेल्ने सम्भावना बढेको छ । मे २५ मा इङ्ल्यान्डमा नेपाली राष्ट्रिय टोली र इङ्ल्यान्डको ‘सी’ टोलीबीच मैत्रीपूर्ण फुटबलका विषयमा छलफल गर्न इङ्ल्यान्डका फुटबल संघका प्रतिनिधि सोमबार राजधानी आइपुगेका छन् ।


एफएका प्रतिनिधि एन्ड्रियू शाह र लाउरेन्स जोन्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) का सदस्य मधुसुदन उपाध्यायले स्वगत गरेका थिए ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पासहितको टोलीसँगै एफएका प्रतिनिधिले मंगलबार बैठक गर्ने तय भइसकेको सदस्य उपाध्यायले जानकारी दिएका छन् ।

‘एन्फासँगैको बैठक मैत्रीपूर्ण खेलसँग केन्द्रित हुनेछ । एउटा नेपालमा र अर्को इङ्ल्यान्डमा हुने सम्भावना छ,’ राष्ट्रिय टोलीका व्यवस्थापक समेत रहेका उपाध्यायले भने,‘ त्यहि विषयमा भोली बैठक हुँदैछ । पर्सी एन्फामा पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी गराउनेछौं ।’

एफएका प्रतिनिधिले एक दिन पोखराको सहारा एकेडेमी पनि निरिक्षण गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.