6 years ago
January 20, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका कप्तान एवंम् गोलकिपर किरण चेम्जोङ सम्मलित पन्जाब एफसीले आई लिगमा तेस्रो जित हासिल गरेको छ । सोमबार घरेलु मैदानमा पन्जाबले गोकुलम केरेलालाई ३–१ ले हराएको थियो ।
पन्जाबको लुधियानास्थित गुरु नानक रंगशालामा पहिलो हाफको इन्ज्युरी समयमा सर्जियो बार्बोजाले पन्जाबका लागि पहिलो गोल गरे । तर हेनरी किसिकाले ५२ औं मिनेटमा गोल गर्दै गोकुलमका लागि बराबरी गोल गरे ।
६४ औं मिनेटमा असेर डिपान्डाले गोल गर्दै पन्जाबलाई पुनः अग्रता दिलाए । इन्जुरी समयको दोस्रो मिनेटमा डिपान्डाले अर्को गोल थप्दै जित पक्का गरे । किरणले सोमबार पुरा समय खेलेका थिए । पन्जाबले पछिल्लो दुई खेलमा बराबरी खेलेको थियो ।
नवौं खेलमा टोलीको यो तेस्रो जित हो । ५ खेलमा बराबरी गरेको पन्जाबले सिजनमा एक खेल गुमाएको थियो । पन्जाब १४ अंकका साथ अंकतालिकाको दोस्रो स्थानमा रहेको छ । मोहन बगान १७ अंकका साथ शीर्षस्थानमा रहेको छ । पन्जाबको भन्दा मोहन बगानले १ खेल कम खेलेको छ । ११ टोलीको सहभागिता रहेको लिगमा ७ खेलमा १० अंक जोडेको गुकुलम पाँचौं स्थानमा छ ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]