default_image

6 years ago

January 21, 2020

दशरथ रंगशालामा नेपालसहित ४ राष्ट्रले खेल्ने

219 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– मदन भण्डारी स्पोर्टस् एकेडेमीले अर्को महिना नेपालसहित ४ राष्ट्रका फुटबल टोली सम्मिलित अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजनाको तयारी गरिरहेको छ ।

एकेडेमीले गत वर्ष नै मदन भण्डारी अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको घोषणा गरेपनि त्यतिबेला दशरथ रंगशाला तयार नभएका कारण अहिले आयोजना गर्ने तयारी गरेको एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रतियोगिता फागुन १७ देखि २४ गतेका लागि दशरथ रंगशालामा प्रस्ताव गरिएको छ ।

दक्षिण एसिया भन्दा बाहिरका दुई राष्ट्रलाई प्रतियोगितामा सहभागि गराउने प्रयास भइरहेको र केहि दिनमा त्यसको टुंगो लागेपछि सार्वजनिक गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए । ‘गत वर्ष रंगशाला तयार नभएका कारण आयोजना हुन सकेन । अब रंगशाला तयार भइसकेको छ,’ उनले भने,‘ अब हामी सबै हिसाबले तयार छौं । ’

एकेडेमीले दुई वर्षअघि बुटवलमा मदन भण्डारी गोल्डकप आयोजना गरेको थियो । त्यसपछि एकेडेमी अन्तर्गतकै क्रिकेट विभागले टियु मैदान परिसरमा क्रिकेट कार्निभल समेत आयोजना गरेको थियो ।

मंसिरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) क्षेत्रीय टोलीको प्रतिस्पर्धा नेपाली दर्शकहरुले हेरिसकेकाले त्यो भन्दा पनि प्रतिस्पर्धात्मक प्रतियोगिता होस् भन्नका लागि पहल थालिएको उनले बताए । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने प्रतियोगितामा विदेशी टोलीका लागि एन्फासँग पनि समन्वय भइरहेको अध्यक्ष श्रेष्ठले बताए ।

श्रेष्ठले नेपाल बाहेक दक्षिण एसियाको एउटा टोली र त्यसबाहेक एसियाका दुई टोली हुन सक्ने बताए । ‘माल्दिभ्स, बंगलादेश र भुटान मध्ये एउटा हुन सक्ने सम्भावन छ ,’ उनले भने,‘ अन्य देशको केहि दिनमा टुंगो लाग्नेछ ।’ राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीले फाइनल खेल्ने उनले बताए ।

गतवर्ष एकेडेमीले पत्रकार सम्मेलन गर्दा विजेताले २५ हजार अमेरिकी डलर, दोस्राले १० हजार डलर प्राप्त गर्ने घोषणा गरेको थियो । नेपालले मार्चमा विश्वकप छनोटको खेलहरु पनि आयोजना गर्ने कार्यक्रम रहेको छ ।

December 14, 2025

इस्ट बंगाल र एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]

December 14, 2025

एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको‌ कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]

December 14, 2025

कास्य पदक विजेता चन्द्रसहित बक्सिङ टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा‌ सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको‌ छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]

Success

Thank you for your time.