default_image

6 years ago

January 21, 2020

कास्की एन्फाका अध्यक्ष गुरुङ प्रदेश सांसद मनाङेबाट कुटिए

122 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– घरेलु फुटबलमा मैदानमा मात्र होइन मैदान बाहिर पनि हातपातका घटना हुन थालेका छन् । पोखरामा एउटा प्रतियोगिताका दौरान अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङ कुटिएका छन् । अध्यक्ष मिलनलाई गण्डकी प्रदेश सांसद दिपक मनाङेका नामले परिचत राजीव गुरुङले हातपात गरेका हुन् ।

पोखरा महानगरपालिका २९ लेखनाथको भण्डारढिकस्थित खेल मैदानमा मंगलबार प्रथम मुख्यमन्त्री कप फुटबलको उद्घाटन अघि नै उक्त घटना भएको थियो । सांसद गुरुङको डाँफे युवा क्लबलाई आफुले भने अनुसारको सुविधा नदिएको भन्दै आफुलाई हातपात गरेको एन्फा कास्कीका अध्यक्ष गुरुङले आरोप लगाएका छन् । कास्की अध्यक्ष गुरुङका अनुसार सांसद गुरुङले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई पनि सार्वजनिक रुपमै गालीगलौज गरेका थिए ।

‘उहाँको क्लबलाई ५/६ दिन अघिदेखि नै होटल र अभ्यासको लागि मैदानको सुविधा दिनुपर्छ भन्दै विवाद गर्नुभयो । मैले नियमअनुसार प्रतियोगिताको एकदिन अघि र टोलीको अन्तिम खेलको भोलीपल्ट सम्म दिन सकिन्छ भने,’ हाम्रो खेलकुदसँग उनले टेलिफोनमा भने, ‘उद्घाटनअघि त्यहि विषयमा विवाद गर्दै मलाई हात हाल्नु भयो । एक मुक्का , एक लात्ती हान्नु भयो । ’

उनले आफुले मुख्यमन्त्रीले उद्घाटन गर्ने कार्यक्रम खल्लो हुने भएकोले आफुले संयमता अपनाएको दाबी गरे । अध्यक्ष गुरुङले शान्ति सुरक्षा र सांसद गुरुङलाई कारवाही गर्न कास्की जिल्ला प्रशासनमा उजुरी दर्ता गाउन लागेको जानकारी दिए । ‘ज्यानको सुरक्षा नभइ कसरी प्रतियोगिता गर्न सकिन्छ । भोली प्रतियोगिताका खेल हुन्छ हुँदैन म अहिले भन्न सक्दिन,’ अध्यक्ष गुरुङले थपे, ‘हाम्रो सुरक्षा पनि हुनुपर्दछ । सांसद गुरुङलाई कारवाही हुनुपर्छ । ‘

गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरेको प्रतियोगितामा प्रदेशका ११ जिल्लाका ९ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ५ लाख र दोस्रो टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

December 14, 2025

इस्ट बंगाल र एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]

December 14, 2025

एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको‌ कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]

December 14, 2025

कास्य पदक विजेता चन्द्रसहित बक्सिङ टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा‌ सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको‌ छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]

Success

Thank you for your time.