default_image

6 years ago

January 22, 2020

मछिन्द्रलाई पुलिसको चुनौती

178 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –लिगको आठौं चरणको पहिलो दिन बुधबार एक मात्र खेलमा उपाधि दावेदार मछिन्द्र र विभागीय नेपाल पुलिसक्लब बीच प्रतिस्पर्धा हुदैछ । खेल दिउँसो ३ बजेपछि त्रिपुेश्वस्थित दशरथ रंगशालामा हुनेछ ।

मछिन्द्र ७ खेलबाट १३ अंक जोडेर दोस्रो स्थानमा छ । ४ जित २ बराबर र १ हारको नतिजा छ । ७ खेल खेलेको पुलिसको ११ अंक रहेको छ । पुलिस ३ जित, २ बराबरी र २ हारको नतिजासहित तालिकाको छैटौ स्थानमा छ ।

पुलिसलाई पराजित गर्दै मछिन्द्र शीर्षस्थानमा उक्लने दाउमा हुनेछ । पुलिसलाई पराजित गर्न सकेको अवस्थामा मछिन्द्रले शीर्ष स्थानको आर्मीसँगको अंक बराबरी गर्नेछ । बराबरी या हारले भने मछिन्द्रको उपाधि यात्रामा धक्का लाग्नेछ । दुई खेलको प्रतिबन्ध खेपेका डिफेन्डर देवेन्द्र तामाङ, फरवार्ड दीपक राई र अर्का डिफेन्डर विजय धिमालले पुलिसविरुद्धको खेलबाट पूनरागमन गर्नेछन् ।

पाँचौ चरणमा मनाङसँग २–२ गोलको बराबरीपछि झडप हुँदा उनीहरुले दुई खेलको प्रतिबन्ध भोगेका थिए । त्यसपछि मछिन्द्रले जावलाखेलमाथि १–० को झिनो जित निकाल्दा शेर्पासँग २–० ले स्तब्ध हुन पुगेको थियो । स्टार खेलाडीले भरिएको मछिन्द्रसँग विराज महर्जन, सुजल श्रेठ, विशाल राई, अभिषेक रिजाल, रेजिन सुब्बा, रेजिन धिमाल र योगेश गुरुङजस्ता नाम चलेका खेलाडीहरुको साथ छ ।

पुलिसविरुद्ध मछिन्द्रले स्ट्राइकर विशाल राई ‘ए’ लाई पनि खेलाउन सक्नेछ । मछिन्द्रले मंगलबार मात्रै विशाल राई ‘ए’ लाई क्लबमा सम्झौता नवीकरण गरेको छ । उनले गत सिजन पनि मछिन्द्रबाटै लिग खेलेका थिए ।

यता, लिगमा औसतको प्रदर्शन गरिरहेको पुलिस मछिन्द्रलाई स्तब्ध पार्दै लिगको दोस्रो स्थानमा उक्लने दाउमा हुनेछ । तर स्टार खेलाडीले भरिएको मछिन्द्रलाई पराजित गर्न पुलिसलाई गाह्रै हुनेछ । सुमन लामा, भोला सिलवाल, रविन श्रेष्ठ, अजित भण्डारी र रवि पासवान जस्ता राष्ट्रिय टोलीका खेलाडीको पुलिसलाई साथ छ ।

December 14, 2025

इस्ट बंगाल र एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]

December 14, 2025

एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको‌ कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]

December 14, 2025

कास्य पदक विजेता चन्द्रसहित बक्सिङ टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा‌ सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको‌ छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]

Success

Thank you for your time.