default_image

6 years ago

January 22, 2020

सावित्रा सम्मिलित गोकुलम आई लिगका लागि छनोट

207 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला फुटबल टोली एवंम् नेपाल एपिएफ क्लबकी फरवार्ड सावित्रा भण्डारी ‘सम्बा’ सम्मिलित गोकुलम केरेला एफसी शुक्रबार सुरु हुने महिला भारतीय (आई) लिगका लागि छनोट भएको छ ।

२ लेगको छनोटमा एफसी अलकापुरालाई समग्रमा पराजित ९–१ गर्दै गोकुलम चौथो संस्करणको आइलिगका लागि छनोट भएकी थिइन् । बुधबार भएको दोस्रो लेगको पहिलो रोजाईमा रहेकी सावित्राले २ गोल गरेपछि गोकुलमले अलकापुरालाई ८–१ ले हराएको थियो ।

कमलाले ह्याट्रिक गरेको उक्त खेलमा दयाले २ गोल र मनिषाले १ गोल गरेकी थिइन् । आइतबार भएको पहिलो खेलमा गोकुलम १–० ले विजयी भएको थियो । सावित्रा मंगलबार मात्रै त्यसतर्फ प्रस्थान गरेकी थिइन् ।

उनीसँगै राष्ट्रिय टोली एवंम् एपिएफकी मिडफिल्डर अनित बस्नेत पनि भारत प्रस्थान गरेकी थिइन् । यसपटक भने सावित्रा र अनिताले अलग अलग क्लबबाट खेल्ने छन् । अनिताले साविक विजेता सेथु एफसीबाट खेल्ने छिन् ।

गत सिजन भने दुवैले सेथुबाट खेलेका थिए । सेथु गत वर्षको विजेता हो । फाइनलमा सावित्राले २ गोल गरेपछि मणिपुर पुलिस स्पोर्टस्लाई ३–१ ले हराउँदै सेथु च्याम्पियन बनेको थियो । सावित्राले लिग भर १५ गोल गरेकी थिइन् । सावित्रा र अनिताले दुई वर्षअघि माल्दिभ्समा फुटसल लिग पनि खेलेका थिए ।

बंगलुरुस्थित बैंगलोर फुटबल रंगशालामा फागुन २ गते सम्म चल्ने आइ लिगमा गत वर्ष जस्तै १२ टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई २ समूहमा विभाजन गरि राउन्ड रोविन लिग र त्यसमा शीर्ष २ मा पर्ने टोली सेमिफाइनलमा पुग्नेछन् ।

सावित्रा सम्मलित गोकुलमसहित समूह ‘बी’ बैंगलोर युनाइटेड एफसी, विदेश ११ एफसी, ओडिसा पुलिस एफसी, केन्क्रे एफसी, श्री भूमि एफसी छन् । अनिता सम्मिलित सेथुसहित बारोडा फुटबल एकेडेमी, बिबिके एफसी, एफसी कोहलपुर सिटी र किक स्ट्राट एफसी समूह ‘ए’ मा छन् ।

December 14, 2025

इस्ट बंगाल र एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]

December 14, 2025

एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको‌ कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]

December 14, 2025

कास्य पदक विजेता चन्द्रसहित बक्सिङ टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा‌ सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको‌ छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]

Success

Thank you for your time.