default_image

6 years ago

January 22, 2020

सांसद गुरुङविरुद्ध उजुरी, विवादको चाङ्गमा कास्की एन्फाका अध्यक्ष

156 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– दीपक मनाङे नामले परिचित गण्डेकी प्रदेश सांसद राजीव गुरुङले मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई हातपात गरेपछि पोखराको मुख्यमन्त्री कप फुटबलको उद्घाटननै छायाँमा परेको थियो ।

प्रतियोगिता उद्घाटनका लागि गण्डकीका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ पुग्नुअघि नै मनाङको टोलीलाई सुविधा नदिएको भन्दै सांसद गुरुङले अध्यक्ष गुरुङलाई कुटेका थिए । एन्फा कास्कीका अध्यक्ष गुुरुङले बुधबार मनाङेले आफूलाई हातपात गरेको भन्दै जिउ धनको सुरक्षाको माग गर्दै उजुरी दर्ता गरेका छन् । त्यस्तै सांसद गुरुङ र अध्यक्ष गुरुङले बुधबार छुट्टा छुट्टै पत्रकार सम्मेलन गर्दै एकअर्काविरुद्ध खनिएका छन् ।

बुधबार बिहान होटल बगैँचामा पत्रकार सम्मेलन गर्दै एन्फा कास्की अध्यक्ष गुरुङले भने ‘प्रदेशका माननिय भनेर हामीले मान्दिएको हो । नत्र हान्न त हामीलाई नि आउँछ । उहाँहरुलाई अगाडि देखिको पैसा दिन र होटलको व्यवस्थापन गर्न नसक्ने कुरा हामीले सक्दैनौँ भनेका हौं । उहाँले कुरा नबुझिकन मुख छोडेर हात हात हाल्नुभयो ।’

पत्रकार सम्मेलनमा एन्फा उपाध्यक्ष अध्यक्ष कृष्ण थापाले एन्फाले अनियमिता नगरेको दाबी गरेका छन् । उनले भने ‘माननिय ज्युले एन्फामाथि पनि अनियमितताको आरोप लगाउनु भएको छ । हामीले एक रुपैयाँ अनियमिता गरेको देखाए हामी कारवाही भोग्न तयार छौं । होइन भने
उहाँ कारवाहीको भागिदार हुनुपर्छ ।’

अलग पत्रकार सम्मेलन गर्दै सांसद गुरुङले खासमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई नै खोजेको र उनलाई नभेटेपछि कास्की अध्यक्ष गुरुङ भेटेर उसलाई हात हालेको स्वीकार गरेका छन् । ‘

आँफै ठग्ने ढाट्ने अनि पत्रकार सम्मेलन गर्दै हिड्ने? अनि मैले जिल्लाबाट आएका खेलाडी दुख पाउँदा चुप लागेर बस्नुपर्ने हो । माननिय ज्यु तँपाईले त हातपात गर्नु भयो रे हातपात गर्ने कुरा सहि हो र ? ‘ उनको प्रश्न थियो , ‘ठगलाई नपिटेर पुजा गर्नुपर्ने हो ? एन्फाबाट आएको पैसा खाएर खेलाडीलाई दुख दिनेलाई किन सम्मान गर्ने ?’ उनले थपे,’ अनि मैले धेरै पत्रकार साथीहरुलाई भनेको छु मैले हातपात गरेको होईन कुटेको हुँ । यस्ता ठगहरुलाई तँपाईले नि कुट्नुस ।’ सांसद गुरुङ त्यतिमा रोकिएनन् ।

‘माघ ४ गते खेल हुन्छ भनेर खेलाडी बोलाएर खेल ७ गते सार्ने अनि टाइसिटमा पनि फिक्सिङ गर्ने, खेलाडीलाई लजिङ्ग, फुडिङ्गको व्यबस्था नगर्ने, खेलाडीलाई खेल मैदान उपलब्ध नगराउने अनि ठुलो कुरा गरेर हुन्छ? उनले थपे, म नभएको भए त मेरो बच्चाहरुको बिचल्ली हुन्थ्यो त, धन्न म पोखरा नै थिएँ । अझै ठुलो ठुलो कुरा गर्छ त्यसले अनि कसरी सहने? त्यसलाई कुटेर नै ठिक पार्ने हो । यसले मुख्य मन्त्रीको धरी बइज्जत गरेको छ । मलाई कुटेकोमा कुनै दुखेसो छैन । तँपाईहरुलाई कुटेर बेठिक ग¥यो भन्ने लाग्छ भने त्यो तपाईहरुको समस्या हो ।’

मुख्य मन्त्री कपमा मनाङको डाँफे क्लबले भाग लिइरहेको छ । सोही क्लबका खेलाडीलाई पोखरा आएबाटै सुविधा दिनुपर्ने सांसद गुरुङले माग गरेको त्यस्तो सम्भव नहुने खेल सुरु भएको एक दिन अघि र टोलीको अन्तिम खेलको एक दिन पछि सम्म दिने नियम हुने भएको आफुले बताएको एन्फा अध्यक्ष गुरुङले बताएका थिए । सोहि विषयमा आफुलाई सांसद गुरुङ हात हालेको एन्फा अध्यक्ष गुरुङले बताएका थिए ।

किन विवादमा परिरहन्छन् एन्फा कास्कीका अध्यक्ष गुरुङ ?

एन्फा अध्यक्ष बनेदेखि नै मिलन गुरुङ विवादमा पर्दै आएका छन् । आइतबार गुरुङले पोखरा क्रियटिभ अवार्ड हाउसका सञ्चालक रामकृष्ण पौडेलमाथि हातपात गरेका थिए । उनले हातपात गरेको भन्दै हाउसका सञ्चालक पौडेलले जिल्ला प्रहरी कार्यालय कास्कीमा ठाडो उजुरी दिइसकेका छन् ।

 

गुरुङले भने तोकिएभन्दा बढी मूल्यमा सामान बेचिरहेको र त्यसबारे कुरा राख्दा पसल धनी पौडेलले आइलाग्न खोजेपछि आफूले प्रतिवाद मात्र गरेको दाबी गरेका छन् । पौडेलले भने गत वर्ष एन्फा कास्कीले नै सञ्चालन गर्ने मनकामना केबुलकार कपको करिब १२ लाख रुपैयाँ बक्यौता रहेको र रकम माग गर्दा आफूमाथि जाइलागेको बताएका छन् । अध्यक्ष गुरुङविरुद्ध उजुरी परेपछि प्रहरीले घटनाको छानबिन भइरहेको जनाएको छ ।

गुरुङले हालै मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेदकुद (साग) अन्तर्गत पोखरामा भएको खेलमा पनि प्रदेश सांसद मोहन रेग्मीसँग झगडा गरेका थिए । सागमा खटिएका प्रहरीले नै उनीहरुलाई छुट्याउनु परेको थियो । एन्फा कास्कीले गर्दै आइरहेको मनकामना केबुलकार कपमा पनि हिसाबकिताब नदेखाएको र १ वर्षसम्म हिसाब बक्यौता राखेको भन्दै गुरुङ विवादमा तानिदै आएका छन् । अहिले मुख्यमन्त्री कपका विषयमा गण्डकी सांसद दीपक गुरुङ र एन्फा कास्कीका अध्यक्ष गुरुङबीच विवाद सुरु भएको छ ।

December 14, 2025

इस्ट बंगाल र एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]

December 14, 2025

एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको‌ कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]

December 14, 2025

कास्य पदक विजेता चन्द्रसहित बक्सिङ टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा‌ सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको‌ छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]

Success

Thank you for your time.