default_image

6 years ago

January 23, 2020

शेर्पालाई हराउँदै थ्री स्टार तेस्रो स्थानमा

160 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग २०७६ को तेस्रो स्थानमा उक्लिएको छ ।

दशरथ रंगशालामा बिहीबार भएको पहिलो खेलमा थ्री स्टारले शेर्पामाथि ३-१ को जित आत्मसात गर्यो । खेलको छैटौं मिनेटमा लालरमवाको पासमा अनमार्क रहेका सुशील राईले गमेल गर्दै थ्री स्टारलाई अग्रता दिलाए । ३० औं मिनेटमा निशान खड्काको क्रसमा एलिउको हेडर गोलरक्षक किशोर गिरीले पञ्च गर्दै बचाए । ३९औं मिनेटमा पासलाई हम्जातले भेटाएपनि अफसाइड ठहरिए ।

पहिलो हाफको ईन्ज्युरी समयमा स्टेफेनले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । लगत्तै इन्ज्युरी समयमा नै सन्जोक राईले गोल गर्दै थ्री स्टारलाई पहिलो हाफमा २-१ को अग्रता दिलाए । संजोकको गोल जारी लिगको १ सयौं गोल पनि हो । लिगमा योगेश गुरुङले मछिन्द्रका लागि ब्रिगेड ब्वाइज विरुद्ध पहिलो खेलमा नै १ सयौं गोल गरेका थिए । लिगको ५१ औं खेलमा १ सयौं गोल सम्भव भएको हो ।

५१औं मिनेटमा हम्जातले गोल गर्दै थ्री स्टारलाई खेलमा ३-१ को अग्रता दिलाए । ६२औं मिनेटमा कप्तान विक्रम लामाको फ्रिकिकमा हम्जातको हेडरमा मिक्छेन तामाङको भलि प्रहारले पोस्टको गति लिन सकेन । ७३औं मिनेटमा शेर्पाका गोलरक्षक किशोर गिरीको मिस पासमा सन्जोक राईले लाल रमवालाई दिएको पासमा उनी अफसाइड ठहरिए ।

यस जितसँगै थ्री स्टार अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । ८ खेलमा ४ जित, २ बराबर र २ हार बेहोरेको थ्री स्टारको १४ अंक छ । शीर्षस्थानमा रहेको आर्मी र मछिन्द्रभन्दा टोली २ अंकले पछाडी छ । यता शेर्पा भने ८ खेलमा १ जित, ४ बराबरी र ३ हारसहित ७ अंक जोड्दै ११ औं स्थानमा सिमित छ ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.