default_image

6 years ago

January 23, 2020

एन्फा कास्कीका अध्यक्ष कुट्ने सांसद गुरुङ पक्राउ

526 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– गण्डकी प्रदेशका सांसद दीपक मनाङका नामले पचिरित राजीव गुरुङ बिहीबार पक्राउ परेका छन् ।

कास्की जिल्ला प्रशासन कार्यालयमा अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङको उजुरीका आधारमा सांसद गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनलाई पोखराको लेकसाइडबाट पक्राउ गरेको हो । उनलाई अहिले कास्की प्रहरीमा पु¥याइएको छ ।

पोखराको मुख्यमन्त्री कप फुटबलको उद्घाटन अघि आफ्नो जिल्लाका टोलीलाई सुविधा नदिएको भन्दै मनाङेले एन्फा अध्यक्ष गुरुङलाई कुटेका थिए । गुुरुङले बुधबार मनाङेले आफूलाई हातपात गरेको भन्दै जिउ धनको सुरक्षाको माग गर्दै उजुरी दर्ता गरेका छन् ।

दुवै पक्षले बुधबार अलग अलग पत्रकार सम्मेलन गर्दै आ आफनो भनाई सार्वजनिक गरेका थिए । मनाङले एन्फा कास्कीका अध्यक्ष गुरुङलाई कुटेको स्वीकारेका थिए । पत्रकार सम्मेलनमा उनले भनेको थिए, खासमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई नै खोजेको र उनलाई नभेटेपछि रिसको झोकमा मिलन परेको हो ।’

उनले एन्फा माथि आरोप पनि लगाएका थिए । ‘आँफै ठग्ने ढाट्ने अनि पत्रकार सम्मेलन गर्दै हिड्ने? अनि मैले जिल्लाबाट आएका खेलाडी दुख पाउँदा चुप लागेर बस्नुपर्ने हो । माननिय ज्यु तँपाईले त हातपात गर्नु भयो रे हातपात गर्ने कुरा सहि हो र ? ‘ उनको प्रश्न थियो , ‘ठगलाई नपिटेर पुजा गर्नुपर्ने हो ? एन्फाबाट आएको पैसा खाएर खेलाडीलाई दुख दिनेलाई किन सम्मान गर्ने ?’

उनले थपे,’ अनि मैले धेरै पत्रकार साथीहरुलाई भनेको छु मैले हातपात गरेको होईन कुटेको हुँ । यस्ता ठगहरुलाई तँपाईले नि कुट्नुस ।’ सांसद गुरुङ त्यतिमा रोकिएनन् । ‘माघ ४ गते खेल हुन्छ भनेर खेलाडी बोलाएर खेल ७ गते सार्ने अनि टाइसिटमा पनि फिक्सिङ गर्ने, खेलाडीलाई लजिङ्ग, फुडिङ्गको व्यबस्था नगर्ने, खेलाडीलाई खेल मैदान उपलब्ध नगराउने अनि ठुलो कुरा गरेर हुन्छ? उनले थपे,’ म नभएको भए त मेरो बच्चाहरुको बिचल्ली हुन्थ्यो त, धन्न म पोखरा नै थिएँ । त्यसलाई कुटेर नै ठिक पार्ने हो । यसले मुख्य मन्त्रीको धरी बइज्जत गरेको छ । मलाई कुटेकोमा कुनै दुखेसो छैन ।’

मुख्य मन्त्री कपमा मनाङको डाँफे क्लबले भाग लिइरहेको छ । सोही क्लबका खेलाडीलाई पोखरा आएबाटै सुविधा दिनुपर्ने सांसद गुरुङले माग गरेको त्यस्तो सम्भव नहुने खेल सुरु भएको एक दिन अघि र टोलीको अन्तिम खेलको एक दिन पछि सम्म दिने नियम हुने भएको आफुले बताएको एन्फा अध्यक्ष गुरुङले बताएका थिए । सोहि विषयमा आफुलाई सांसद गुरुङ हात हालेको एन्फा अध्यक्ष गुरुङले बताएका थिए ।

एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले दर्ता गरेको जाहेरी

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.