6 years ago
January 24, 2020
एजेन्सी – उपाधि दावेदार मानिएको एटलेटिको म्याड्रिड कोपा डेल रे अन्तर्गत बिहीबारको खेलमा तेस्रो श्रेणीको कल्चरल लिओनेसासँग पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको छ । अग्रता लिनका बाबजुद एटलेटिको २-१ ले पराजित भएको हो ।

प्रशिक्षक डिएगो सिमिओनीले बलियो सुरुवाती ११ रोजेपनि अपेक्षित प्रदर्शन भने गर्न सकेन । घरेलु टोली कल्चरल लिओनेसाले एटलेटिको म्याड्रिडलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको थियो । खेलको ६२ औं मिनेटमा एन्जल कोरियाले गोल गर्दै एटलेटिकोलाई अग्रता दिलाए ।
खेलको ८२ औं मिनेटमा जुलेन कास्टेनादाले गोल गर्दै लिओनेसालाई बराबरीमा ल्याए । निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको १ सय ८ औं मिनेटमा सर्जियो बेनिटोले गोल गर्दै लिओनेसालाई अनपेक्षित जितनजिक पुर्याए ।

सन् २०११ यता एटलेटिकोले पहिलो पटक तल्लो श्रेणीको टोलीसँग हार बेहोरेको हो । एटलेटिकोको दोस्रो टोली र लिओनेसा हाल एकै श्रेणीमा खेल्ने गरेको छ । लिगको तेस्रो स्थानमा रहेको एटलेटिको यस पराजयसँगै प्रतियोगिताबाट बाहिरिएको छ । पछिल्लो खेलमा एटलेटिको एइबारसँग पराजित भएको थियो ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]