6 years ago
January 24, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान सन्तोष साहुखलको गोलमा च्यासल युथ क्लबले क़तार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबलमा दोस्रो जित हासिल गरेको छ । दशरथ रगंशालामा शुक्रबार भएको खेलमा च्यासलले ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई १–० ले हराएको हो।

कप्तान सन्तोषको गोल खेलको निर्णायक बन्यो। सन्तोषले इन्जुरी समयमा ताईका नाकामुराको पासमा गोल गर्दै टोलीका लागि ३ अंक जोड्न सफल भएका हुन्।
सुरुवाती खेल जितेपछि लय समात्न नसकेको च्यासलले आठौ चरणमा बल्ल जित निकालेको हो।
जितसँगै च्यासल आठौ स्थानमा छ। २ मा जित हात पारेको च्यासलले ३ मा बराबरी र ३ मा हार बेहोर्दै ९ अंक जोडेको छ।
२ खेलमा जित २ मा बराबरी र ४ खेल गुमाएको बिबिसी १० औं स्थानमा छ।
त्यसअघि,नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लबले लिगको आठौं चरणमा पनि अपराजित यात्रालाई जारी राख्दै अंक तालिकाको शीर्ष स्थान पुनरागमन गरेको छ ।
दशरथ रंगशालामा शुक्रबार सरस्वती युथ क्लबलाई १–० ले हराउँदै मनाङले शीर्ष स्थानमा पुनरागमन गरेको हो । टोलीको यो चौथों जित हो । ४ खेलमा बराबरी गरेको टोलीको १६ अंक पुगेको छ ।
खेलको ४६ औं मिनेटमा विमल रानाले गरेको गोल खेलको निर्णायक बन्यो । निशान लिम्बुको क्रसमा अन्जन विष्टले गरेको प्रहार बारमा लागेर फर्किएको बललाई विमलले हेडमार्फत गोल गरेका थिए । पहिलो हाफमा मनाङले गोल गर्ने अवसर पाएर पनि सदुपयोग गर्न सकेन । सरस्वतीले भने लगातार सातौं हार बेहोरेको छ ।
एक खेल कम खेलेको त्रिभुवन आर्मी पनि समान १६ अंकमा दोस्रो स्थानमा छ । ८ खेल खेलेको मछिन्द्र तेस्रो स्थानमा छ । तीनै टोलीको समान अंक भएपनि हेड टु हेडमा मनाङ अगाडी छ ।
आठौ चरणको अन्तिम खेलमा शनिबार न्युरोड टिम एनआरटी र त्रिभुवन आर्मी तथा फ्रेण्ड्स र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]