default_image

6 years ago

January 25, 2020

आर्मीलाई स्तब्ध पार्ने एनआरटीको सुर

149 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आठौं चरणको अन्तिम दिन दुई खेल हुँदैछ । दशरथ रंगशालामा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र न्यु रोड टिम (एनआरटी) भिड्नेछन् ।

आर्मी लिग तालिकाको शीर्षस्थानमा ३ अंकको अग्रता कायम गर्न आतुर छ । मछिन्द्र र मनाङले आ-आफ्नो खेलमा जित दर्ता गरेपछि अंक फेरि पनि बराबर भएको छ ।

यस्तो अवस्थामा एनआरटीलाई पराजित गर्दै शीर्षस्थानमा चढ्न आर्मीले राम्रो प्रदर्शन गर्नुपर्ने हुन्छ । पछिल्लो केहि खेलमा एनआरटि उच्च लयमा देखिएको छ ।

एनआरटीले आजको खेलमा जित दर्ता गरेको खण्डमा आफैंपनि शीर्षस्थानबाट २ अंक मात्र पछाडी रहनेछ । पछिल्लो दुवै खेलमा विभागीय टोली पुलिस र एपीएफलाई पराजित गरेको एनआरटि विभागमाथि क्लिन स्विप गर्ने सुरमा हुनेछ ।

लिगमा १० गोल गरेको एनआरटीका लागि आर्मीका पूर्व खेलाडी एरिक विष्ट मुख्य खेलाडी हुनेछन् ।

आर्मी जारी लिगमा सर्वाधिक गोल गर्ने र कम गोल खाने टोली हो । निकै सन्तुलित टोली लिएर लिग उपाधि लक्ष्यमा अग्रसर प्रशिक्षक नवीन न्यौपाने आफैंपनि एनआरटीबाट खेलेका थिए ।

प्रशिक्षक राजुकाजी शाक्यविरुद्ध नवीनको टोलीले निकै मिहिनेत गर्नुपर्ने देखिन्छ । डिफेन्समा युद्ध शाही प्रतिबन्धपछि उपलब्ध हुनुले केहि राहत हुनसक्छ ।

दिनको दोस्रो खेलमा फ्रेन्ड्स क्लब र संकटा भिड्नेछन् । अंक तालिकाको तल्लो हाफमा रहेका दुवै टोली यस खेलमा जित हात पारे रेलिगेसनबाट मुक्त रहने पक्का हुनेछ । संकटाको ९ अंक छ भने फ्रेन्ड्सले ८ अंक जोडेको छ ।

पछिल्लो खेलमा विदेशी खेलाडीको प्रदर्शनले फ्रेन्ड्सको मनोबल उच्च छ । ब्रिगेड ब्वाइजसँग गोलरहित बराबरीमा रोकिएपछि केहि दवावमा रहेको संकटा जितसँगै शीर्ष ६ को लक्ष्यलाई सुदृढ बनाउन चाहन्छ ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.