default_image

6 years ago

January 25, 2020

पहिलो हाफमा आर्मी-एनआरटी गोलरहित

167 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबारको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र न्यु रोड टिम (एनआरटी) भिड्दै छन् ।

दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । खेलकाे चाैथाे मिनेटमा नवयुग श्रेष्ठको सशक्त प्रहार पाेस्टबाट थाेरै बाहिरियाे । १५ औं मिनेटमा भरत खवासको हेडर गाेलरक्षक अजित प्रजापतिले बचाए । लगत्तै जर्जप्रिन्स कार्कीकाे प्रहारलाई गाेलरक्षकले मुस्किलले बचाए ।

१६औं मिनेटमा एनआरटीका दर्शन गुरुङले मौका पाएपनि सदुपयाेग गर्न सकेनन् । ३६अौं मिनेटमा पेनाल्टी बक्स बाहिर आर्मीले फ्रिकिक पाएपछि जर्जप्रिन्सको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरियो ।

यस खेलमा जित हात पारेको खण्डमा आर्मी लिगको शीर्षस्थानमा ३ अंकले अगाडि हुनेेछ । एनआरटी भने जितसँगै शीर्ष चारमा प्रवेश गर्नेछ ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.