default_image

4 years ago

January 25, 2020

एनआरटीले आर्मीलाई बराबरीमा रोक्यो

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबारको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र न्यु रोड टिम (एनआरटी) बीचको खेल गोलरहित बराबरीमा टुंगिएको छ । यस बराबरीसँगै आर्मी लिगको शीर्षस्थानमा उक्लिएपनि १ अंकको मात्र अग्रता बनाउन सक्यो । खेलकाे चाैथाे मिनेटमा नवयुग श्रेष्ठको सशक्त प्रहार पाेस्टबाट थाेरै बाहिरियाे । १५ […]

42 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबारको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र न्यु रोड टिम (एनआरटी) बीचको खेल गोलरहित बराबरीमा टुंगिएको छ । यस बराबरीसँगै आर्मी लिगको शीर्षस्थानमा उक्लिएपनि १ अंकको मात्र अग्रता बनाउन सक्यो ।

खेलकाे चाैथाे मिनेटमा नवयुग श्रेष्ठको सशक्त प्रहार पाेस्टबाट थाेरै बाहिरियाे । १५ औं मिनेटमा भरत खवासको हेडर गाेलरक्षक अजित प्रजापतिले बचाए । लगत्तै जर्जप्रिन्स कार्कीकाे प्रहारलाई गाेलरक्षकले मुस्किलले बचाए ।

१६औं मिनेटमा एनआरटीका दर्शन गुरुङले मौका पाएपनि सदुपयाेग गर्न सकेनन् । ३६औं मिनेटमा पेनाल्टी बक्स बाहिर आर्मीले फ्रिकिक पाएपछि जर्जप्रिन्सको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरियो ।

६३औं मिनेटमा आर्मीका कप्तान भरत खवासले हेडिङ प्रयास गरेपनि सदुपयाेग गर्न सकेन । ८०औं मिनेटमा युद्व शाहीकाे क्रसपासमा नवयुग श्रेष्ठको पावरफुल हेडर पाेस्टबाट बाहिरिदा अार्मी अग्रता लिनबाट चुक्याे ।

८५ औं मिनेटमा आर्मीकाे दुई प्रहारमा गाेलरक्षक अजित प्रजापति बाधक बने ‌। इन्ज्युरी समयकाे थप गरिएकाे दाेस्राे मिनेटमा एनआरटी १० खेलाडीमा समेटियाे । आर्मीका खेलाडीलाई खराव ट्याकल गरेपछि रेफ्रीले जुनियरलाई राताे कार्ड देखाउदै मैदान बाहिर पठाएका थिए । त्यसमै प्राप्त फ्रिकिकमा सन्ताेष तामाङकाे प्रहारलाई गाेलरक्षक अजितले उत्कृष्ट डाइभ दिदै बचाए ।

यस बराबरीसँगै आर्मीको ८ खेलमा १७ अंक भएको छ । आर्मीले ८ खेलमा ५ जित, २ बराबरी र १ हार बेहोरेको छ । एनआरटीको ८ खेलमा १२ अंक भएको छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.