default_image

6 years ago

March 1, 2020

एल क्लासिको : उपाधि होडको निर्णायक कडी

171 views

0 Bookmark

एजेन्सी – विश्व फुटबलमा सबैभन्दा रोमाञ्चक र प्रतिस्पर्धात्मक मानिने स्पेनिस ला लिगाको बार्सिलोना र रियल म्याड्रिडबीचको दोस्रो (एल क्लासिको) आज हुँदैछ ।

सिजनको दोस्रो एल क्लासिको रियलको घरेलु मैदानमा सान्टियागो बर्नबेउमा नेपाली समयअनुसार रात १ः४५ बजे हुनेछ । उपाधि होडमा रहेका यि दुई कट्टर टोलीबीचको भिडन्त रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । कुनै एक टोलीले खेल आफ्नो पक्षमा पारेको अवस्थामा सम्भवत यो नै स्पेनिस ला लिगाको उपाधि छिनोफानो गर्ने खेलको रुपमा रहन सक्नेछ ।

शीर्षस्थानमा रहेको बार्सिलोनाको २५ खेलबाट ५५ अंक छ । उति नै खेलबाट रियलको ५३ अंक छ । घरेलु मैदानमा बार्सिलोनालाई पराजित गर्न सके रियल एक अंकको अग्रतासहित शीर्षस्थानमा उक्लनेछ । पराजित या बराबरी भएको अवस्थामा रियालको उपाधि यात्रा झिनो बन्ने छ ।

यता, बार्सिलोना घरेलु टोलीलाई पराजित गर्दै उपाधि यात्रालाई थप मजवुत बनाउने लक्ष्यमा हुनेछ । रियलाई हराउन सके बार्सिलोनाले ५ अंकको अग्रता बनाउनेछ । बराबरीले पनि बार्सिलोना रियलभन्दा २ अंकले अघि हुनेछ । यस्तो अवस्थामा यो खेल दुवै टोलीका लागि उत्तिकै महत्वपुर्ण रहेको छ । पछिल्लो पटक गत डिसेम्वरमा यि दुई टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए ।

पछिल्ला पाँच खेलमा रियलले एक खेलमा मात्रै जित निकाल्दा २ हार र एक बराबरीको नतिजा निकालेको छ । रियल बार्सिलोनालाई पराजित गर्दै पुनः जितको लयमा फर्कने दाउमा हुनेछ ।

यता, बार्सिलोनाले पछिल्लो पाँच खेलमा ३ जित र समान १ हार र १ बराबरीको नतिजा निकालेको छ । बार्सिलोना पछिल्लोपटक च्याम्पियन्स लिगमा नेपोलीसँग १-१ गोलको बराबरी खेलेको थियो । यस्तोमा दुवै टोली जितको लय समात्ने दाउमा हुनेछ ।

रियलसँग करिम बेन्जेमा, ग्यारेथ बेल, भिनिसियस जुनियर, क्यासमिरो, टोनी क्रुस, लुका मोड्रिच, सर्जियो रामोस, फरल्यान्ड मेन्डी, फेडरिको भेल्भर्डे र इस्कोको साथ रहनेछ । यता, बार्सिलोनासँग कप्तान लियोनेल मेस्सीसँगै एन्टोइन ग्रिजमन, आर्टुरो भिडाल, अर्थर, फ्रान्की डि जोङ र जुनियर फिर्पाे जस्ता खेलाडीको साथ रहनेछ ।

हेड टु हेड

रियल म्याड्रिड र बार्सिलोना हालसम्म २७६ पटक अमाने समाने भएका छन् । जसमा बार्सिलोना ११५ पटक विजयी हुँदा रियलले बार्सिलोनालाई ९९ पटक हराएको छ । ६२ खेल भने बराबरीमा सकिएको छ । ला लिगामा यि दुई टोली १७९ पटक प्रतिस्पर्धा गरेका छन् । जसमा दुवै टोलीले समान ७२–७२ खेल जित्दा ३५ खेल बराबरीमा सकिएको छ ।

यस्तो अवस्थामा आइतबार राति रियललाई दुई स्वर्णिम अवसर रहेको छ । यो खेलमा बार्सिलोनालाई हराए रियलले १०० क्लासिको खेल जित्ने इतिहास बनाउनेछ । यस्तै ला लिगामा धेरै क्लासिको जित्ने अवसर पनि बनाउने छ । यि दुई टोलीबीचको पछिल्लो पाँच खेलको नतिजा हेर्दा बार्सिलोना नै हावी रहेको छ । रियलले ३ खेल गुमाउदा २ बराबरीको नतिजा निकालेको छ ।

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

Success

Thank you for your time.