6 years ago
March 1, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोली तथा ‘ए’ डिभिजनको च्यासल युथ क्लबका गोलरक्षक एलेन न्यौपानेले आफू व्यक्तिगत भ्रमणमा अष्ट्रेलिया प्रस्थान गरेका बताएका छन् ।

विभिन्न सञ्चारमाध्यममा एलन अष्ट्रेलियामै बसोबास गर्ने भन्नेबारे समाचार आएपछि एलनले आफू केहि साताको लागि मात्र अष्ट्रेलिया आएको बताए । उनले केहि कार्यक्रममा सहभागी हुनुका साथै स्थानिय नेपाली क्लबका लागि फुटबल समेत खेल्ने कार्यक्रम रहेको बताए ।
यता एलेन चार महिना फुटबलकै लागि शनिबार अष्ट्रेलिया प्रस्थान गरेको च्यासल क्लबले जनाएको छ । च्यासलले एलेन चार महिनाको लागि अष्ट्रेलिया गएको र अष्ट्रेलियाबाट फर्केपछि पुनः च्यासलबाटै खेल्ने बताएको छ । क्लबका एक पदाधिकारीले उनलाई जापानमा लैजाने तयारी भएपनि सबै कागजहरु अष्ट्रेलियामा जान मिलिसकेकाले रोक्न नसकेको बताए । ति पदाधिकारीले एलेन अष्ट्रेलियाबाट फर्केलगत्तै जापानको लागि प्रक्रिया थालिने पनि बताएका छन् ।
‘ए’ डिभिजन लिगमा औसतको प्रदर्शन गरेका एलेन घरेलु मैदानमा अर्काे महिना हुने फिफा विश्वकप कतार २०२२ तथा एएफसी एसियन कप चीन २०२३ छनोट अन्तर्गत चाइनिज ताइपेइ र अष्ट्रेलियाविरुद्धको खेलको लागि ३१ सदस्यीय प्रारम्भिक सुचीमा समेटिएका थिए । तर, उनी अष्ट्रेलिया जानुपर्ने भएपछि नेपाली राष्ट्रिय टोलीका स्वीस मुख्य प्रशिक्षक योहान कालिनले लिगमा उत्कृष्ट गोलरक्षक चुनिएका नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लबका पहिलो रोजाईका गोलरक्षक दीप कार्कीलाई टोलीमा समेटेका छन् ।
राष्ट्रिय टोलीले आजदेखि प्रशिक्षण शुरु गरेको छ । अधिकांश खेलाडी मोफसलको गोल्डकपमा व्यस्त रहेका कारण काठमाडौंमा उपलब्ध खेलाडीहरु समेटेर टोलीको प्रशिक्षण थालिएको हो ।
नेपालले चैत्र १३ मा चाइनिज ताइपेइ तथा चैत्र १८ मा अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ ।
दुवै खेल दशरथ रंगशालामा साँझ ५ बजेपछि हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । नेपाल विश्वकप छनोटको सुरुवाती ५ खेलमा १ जितका साथ ३ अंकसहित चौथो स्थानमा छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]