default_image

6 years ago

March 1, 2020

रुस्लान थ्री स्टार उपाधि नजिक

139 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लब सर्वाधिक पुरस्कार राशीको नेपाल आइस चौथो सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

 

अर्को ए डिभिजन क्लब यति हिमालयन शेर्पालाई आइतबार १–० ले हराउँदै थ्री स्टार उपाधि नजिक पुगेको हो । थ्री स्टारलाई जित दिलाउन आशिष राईले गोल गरेका थिए ।

थ्री स्टारले अब मंगलबार हुने फाइनलमा आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबको सामना गर्नेछ । ए डिभिजन टोली नेपाल एपिएफ क्लबलाई २–१ ले हराउँदै आयोजक टोली यसअघि नै फाइनल पुगिसकेको छ ।

अघिल्लो आइतबार झापाको झिलझिलेमा सताक्षी गोल्डकपको फाइनलमा सानमिगेल मछिन्द्र क्लबसँग १–० ले पराजित भएको थ्री स्टार त्यहाँबाट खप्तडका लागि धनगढी पुगेको थियो ।

पहिलो हाफमा आशिषले गरेको गोल खेलको निर्णायक बनेको थियो । रक्षक अनन्त तामाङ खेलको म्यान अफ दी म्याच घोषित बनेका थिए । प्रतियोगिताको विजेताले २१ लाख हजार र दोस्रो हुने टोलीले १० लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

Success

Thank you for your time.