default_image

6 years ago

March 2, 2020

मछिन्द्रलाई भाग्यको साथ

235 views

0 Bookmark

दिपक बोहोरा, इलाम

लिग उपाधि जितेको एक सातामा सताक्षी गोल्डकप जितेर मोफसलका प्रतियोगितामा सुखद सुरुवात गरेको मचिन्द्र क्लब इलाममा जारी छैटौं माईभ्याली गोल्डकपमा टाइब्रेकरमा जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको छ ।

स्टार खेलाडीले भरिएको मछिन्द्र कठिन जितका साथ सेमिफाइनल प्रवेश गरेको हो । गोर्खा ब्वाईज फुटवल क्लब रुपन्देहीलाई ट्राईब्रेकरमा ५–३ गोलले हराउदै मच्छिन्द्रले सेमिफाईनलको यात्रा तय गरेको हो ।  सोमबार इलामको ठूलो टुँडीखेलमा सम्पन्न क्वाटर फाईनल खेलको निर्धारित समयमा र थपिएको २० मिनेटमा दुबै टिमबाट गोल हुन नसके पछि खेल टाइब्रेकरमा गएको थियो ।

टाइब्रेकरमा मछिन्द्रका रजिन धिमाल, बुद्ध चेम्जोङ,दिनेश राजवंशी, बिमल घर्ति मगर, देवेन्द्र तामाङको प्रहार गोलमा परिणत हुँदा गोर्खा ब्वाइजको सञ्जिव लामा, गौतम श्रेष्ठ र फोडे फोफानाको प्रहार मात्र गोल भएको थियो । विदेशि खेलाडी हम्जातको प्रहार पोलमा लागेर फकिर्दा गोर्खा निराश बन्न पुग्यो ।

मच्छिन्द्र क्लबका रजिन धिमाल खेलको म्यान अफ दि म्याच घोषित हुँदै नगद १० हजार रुपियाँ प्राप्त गरे । लिग च्याम्पियन मछिन्द्रसहित ए डिभिजनका ३ क्लब त्रिभुवन आर्मी क्लब, संकटाको सहभागिता रहेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । फागुन २४ गते सम्म चल्ने गोल्डकपको विजेताले ८ लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

मंगलबारको खेल

आयोजक माइभ्याली फुटबल क्लब र मोहम्मडन स्पोर्टिङ क्लब कोलकत्ता

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

Success

Thank you for your time.