default_image

6 years ago

March 3, 2020

भारतीय टोलीसहित आहा ! रारा गोल्डकपको खेल तालिका सार्वजनिक

154 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब स्तरिय आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको बिहीबार खेल तालिका सार्वजनिक भएको छ । सार्वजनिक भएको खेल तालिका अनुसार  उद्घाटन खेलमा आयोजक साहरा क्लब र ‘ए’ डिभिजनको ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बीच प्रतिस्पर्धा हुने भएको छ ।

आयोजक साहराले बिहीबार पत्रकार सम्मेलन गर्दै १८औं संस्करणको गोल्डकपको खेल तालिका सार्वजनिक गरेको हो । खेल २२ गते बिहीबार पोखरा रंगशालामा हुनेछ । जित हात पार्ने टोलीले क्वाटरफाइनलमा विभागीय नेपाल पुलिस क्लबको सामना गर्नेछ । २३ गते शुक्रबार एपिएफ र झापा–११ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । विजयी हुने टोलीले नेपाल आयल निगम मनाङ–मस्र्याङ्दी क्लबको सामना गर्नेछ ।

क्वाटरफाइनल खेल २४ गतेबाट शुरु हुनेछ । पहिलो क्वाटरफाइनलमा पुलिसले साहरा र बीबीसीबीचको विजेता सँग खेल्नेछ । दोस्रो क्वाटरफाइनलमा मनाङल एपिएफ र झापा–११ को विजेतासँग खेल्नेछ । तेस्रो क्वाटर फाइनलमा रुस्लान थ्री स्टारले गन्तोक सिटी क्लब भारतको सामना गर्नेछ । अन्तिम क्वाटरफाइनलमा आर्मी र संकटाबीच प्रतिस्पर्धा हुनेछ ।

सेमिफाइनल २८ गते बुधबार र २९ गते बिहीबार हुनेछ । फाइनल चैत १ गते शनिबार हुनेछ । गतवर्ष थ्री स्टार च्याम्पियन बन्दा आर्मी उपविजेता बनेको थियो । प्रतियोगितामा गेट टिकट प्रत्येक प्रि–क्वाटरका खेलको १ सय क्वाटर फाइनलको १ सय ५०, सेमिफाइनलको २ सय र फाइनल खेलको २ सय ५० रुपैया तोकिएको छ । साथै प्रतियोगिता अवधिभर खेल हेर्न पाउने गरि सिजनल टिकट १ हजा र ५ सय कायम गरिएको छ ।

प्रतियोगिताको विजेताले १० लाख १ हजार रुपैया हात पार्नेछ । दोस्रो हुने टोलीले ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । यस वर्ष राष्ट्रिय खेलाडी सुजल श्रेष्ठलाई ‘सर्वाेत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७६’ बाट
३५ हजार, प्रमाण–पत्र र दोसल्ला सहित सम्मान गरिनेछ । उक्त नगद पुरस्कारको प्रायोजन सहारा क्लब पोखराका मानार्थ सदस्य खेमबहादुर गुरुङले गरेको छ ।

प्रतियोगिताको अनुमानित आम्दानी १ करोड १८ लाख १ हजार रहेको र ९९ लाख ३८ हजार ५ सय खर्च हुने अनुमान गरिएको छ । विगतमा झै यस वर्षको प्रतियोगिताबाट वचत हुन आउने रकम सहारा क्लब पोखराद्धारा सञ्चालित सहारा फुटबल एकेडेमी सञ्चानार्थ खर्च गरिनेछ ।

क्याराभान गोल्ड कप सहित १९ वर्ष देखी निरन्तर सञ्चालन भएको यस प्रतियोगितामा वचत हुन आएको रकम क्लबबाट संचालित सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ । हाल तेश्रो व्याचको एकेडेमीमा १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन् । विगत २०७० साल देखि उनीहरु आवसिय रुपमा निःशुल्क स्वास्थ्य, शिक्षालगायत फुटबल प्रशिक्षण समेत सहारा फुटबल एकेडेमी गण्डकी प्रदेश, पोखरा—१७ स्थित दोविल्लामा प्रदान गर्दै आईरहेको छ ।

यस प्रतियोगितालाई पहिलो संस्करण देखी नै मुख्य प्रायोजकको रुपमा बहुचर्चित मोफसलको व्यापारिक घरना हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउले गरेको छ ।

साथै दोश्रो पुरस्कार प्रायोजक हिमा–अस एजुकेशन कन्सेल्टेन्सी, सर्वोत्कृष्ट खेलाडी पुरस्कार अप्रिला स्कुटर रहेको छ । यस्तै प्रतियोगितालाई विभिन्न निजी कम्पनी र व्यक्तिगतच रुपमा पनि सहयोग रहेको छ । सहारा युके/सहारा क्लब हङकङ/सहारा क्लब अष्ट्रेलिया समेतको बिशेष सहयोगमा रहेको छ ।

यस प्रतियोगिताको आकर्षकको रुपमा रहेको निर्णायक ट्रफी, वेष्ट अफ फाईभ ट्रफी, मेन अफ दि म्याच ट्रफी, सर्वोत्कृष्ट खेलाडी ट्रफी, फेयर प्ले ट्रफी एवं खेलाडी मेडल लगायत म्यान अफ दि म्याच नगद पुरस्कार प्रत्येक म्याच ५ हजार दरमा सहयोग रकम सहारा युकेले उपलब्ध गराएको छ ।

साथै सहारा क्लब हङकङबाट २ लाख सहयोग प्रदान गर्ने निर्णय गरेको छ । प्रतियोगिता अवधिभर टिकट काटी अवलोकन गर्ने दर्शकहरु मध्ये १ जना दर्शकलाई सिजि ईलेक्ट्रोनिक प्रालि (चौधरी ग्रुप) बाट १ थान एलजि टि भि प्रदान गरिनेछ ।

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

Success

Thank you for your time.