default_image

6 years ago

March 3, 2020

सहाराले सुजललाई सम्मान गर्ने

144 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – सहारा क्लब पोखराले नेपाली राष्ट्रिय फुटबल टोली तथा लिग च्याम्पियन सान मिगेल मछिन्द्र क्लबका उपकप्तान सुजल श्रेष्ठलाई सम्मान गर्ने भएको छ ।

सहाराले विगतको वर्षमा झै यसपटक पनि ‘सर्वाेत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७६’ बाट सुजललाई सम्मान गर्न लागेको हो ।

यससँगै सुजल सहाराबाट सम्मान पाउने तेस्रो खेलाडी हुनेछ । यसअघि सहाराले नेपाली राष्ट्रिय टोलीका उपकप्तान तथा त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवास र गतवर्ष नेपाली राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङलाई ‘सर्वाेत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान’ बाट सम्मानित गरेको थियो । श्रेष्ठलाई ३५ हजार रुपैयाँ, प्रमाणपत्र र दोसल्लासहित सम्मान गरिने छ । ३५ हजार पुरस्कारको प्रायोजन सहारा क्लब पोखराका मानार्थ सदस्य खेमबहादुर गुरुङले गरेका हुन् ।

आहा ! रारा गोल्डकपको आयोजक सहाराले १८औं संस्करणको आहा रारा गोल्डकपको उद्घाटनको अवसरमा सुजललाई सम्मानित गर्ने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी गराए । १८औं संस्करणको आहा रारा गोल्डकप यही बिहीबारदेखि आयोजना हुदैछ । पोखरा रंगशालामा हुने उद्घाटन खेलमा आयोजक सहारा क्लबले ‘ए’ डिभिजनको ब्रिगेड ब्वाइज क्लबको सामना गर्नेछ ।

धनकुटाका सुजल सन् २०११ देखि नियमित रुपमा राष्ट्रिय टोलीमा रहँदै आएका छन् । उनले यसपटक एक मैत्रीपुर्ण खेलमा नेपालको कप्तानी समेत गरेको थियो । घरेलु भुमिमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुदमा नेपालले स्वर्णपदक जित्दा नेपाली यु–२३ को कप्तानी सुजल श्रेष्ठले गरेको थियो ।

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

Success

Thank you for your time.