default_image

6 years ago

March 3, 2020

रुस्लान थ्री स्टारविरुद्ध आयोजक सुदूरपश्चिमको अग्रता

145 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – मोफसलकै सर्वाधिक धनराशीको नेपाल आईस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलको पहिलो हाफमा आयोजक सुदूरपशिचम–११ ले रुस्लान थ्री स्टारविरुद्ध अग्रता बनाएको छ ।

 

धनगढी रंगशालामा मंगलबार भएको फाइनलको पहिलो हाफमा घरेलु टोलीका विक्रम सिंह ठकुरीले गोल गर्दै थ्री स्टारविरुद्ध अग्रता दिलाउन सफल भएको हो । खेलको २८औं मिनेटमा फ्रिकिकमा विक्रमकै हेडरलाई अनन्त तामाङले ब्याक हेडर पासमा विक्रमसिंहले गोल गर्न सफल भएका हुन् । उनको प्रहारलाई थ्री स्टारका गोलरक्षक पुर्ण चेम्जोङले रोक्ने कुनै मौका पाएनन् ।

त्यसअघि खेलको २२औं मिनेटमा विक्रमसिंह ठकुरीकोको प्रहारलाई थ्र्री स्टारका कप्तान विक्रम लामाले हेडमार्फत गोललाइनबाट क्लियर गरेका थिए । थ्री स्टारले बल पोजेसन राखेपनि आयोजकविरुद्ध गोल गर्न सकेका छैनन् । ४३औं मिनेटमा सुशिल राईको हेडरलाई सुदूरपश्चिमा गोलरक्षक सुजित विसीले बचाउदा थ्री स्टार बराबरीबाट चुक्यो ।

दोस्रो हाफ केही बेरमा सुरु हुनेछ । प्रतियोगिताको विजेताले २१ लाख १ रुपैया पाउनेछ । उपविजेताले १० लाख १ रुपैँया पाउने आयोजकले जनाएको छ । यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई बेनेली मोटरसाईकल प्रदान गरिनेछ । यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५–१५ हजार प्रदान गरिने छ ।

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

Success

Thank you for your time.