6 years ago
March 3, 2020
धनगढी (हाम्रो खेलकुद) – ‘ए’ डिभिजनको रुस्लान थ्री स्टार क्लबलाई पराजित गर्दै आयोजक सुदूरपश्चि–११ स्पोर्ट्स क्लब मोफसलकै सर्वाधिक धनराशीको नेपाल आईस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपको च्याम्पियन बनेको छ ।

धनगढी रंगशालामा मंगलबार भएको फाइनलमा थ्री स्टारलाई १–० ले पराजित गर्दै आयोजक पहिलोपटक च्याम्पियन बन्न सफल भएको हो । क्लब फुटबलमा सुदूरपश्चिमको यो सबैभन्दा ठुलो सफलता हो ।
आयोजकलाई च्याम्पियन बनाउन बिक्रम सिंह ठकुृरीले गरेको गोल नै निर्णायक बन्यो । थ्री स्टार भने लगातार दोस्रोपटक उपविजेतामा सीमित बन्न पुग्यो । खेलमा घरेलु टोलीलाई दवावमा राखेपनि थ्री स्टार फिनिसिङमा चुक्दा उपविजेतामा सीमति बन्न पुग्यो ।

थ्री स्टार अघिल्लो साता झापमा आयोजना भएको सताक्षी गोल्डकपमा पनि सान मिगेल मछिन्द्र क्लबसँग १–० ले पराजित हुदै उपविजेता नै बनेको थियो ।
खेलको २८औं मिनेटमा फ्रिकिकमा विक्रमकै हेडरलाई अनन्त तामाङले ब्याक हेडर पासमा विक्रमसिंहले गोल गर्न सफल भएका हुन् । उनको प्रहारलाई थ्री स्टारका गोलरक्षक पुर्ण चेम्जोङले रोक्ने कुनै मौका पाएनन् ।
त्यसअघि खेलको २२औं मिनेटमा विक्रमसिंह ठकुरीकोको प्रहारलाई थ्र्री स्टारका कप्तान विक्रम लामाले हेडमार्फत गोललाइनबाट क्लियर गरेका थिए । ४३औं मिनेटमा सुशिल राईको हेडरलाई सुदूरपश्चिमा गोलरक्षक सुजित विसीले बचाउदा थ्री स्टार बराबरीबाट चुक्यो ।

६१औं मिनेटमा अनन्त तामाङको प्रहारलाई सुदूरपश्चिमका गोलरक्षक सुजित विसीले मुस्किलले बचाए । ८०औं मिनेटमा मिक्छेन तामाङको प्रहारलाई सब्सिच्युट गोलरक्षक प्रितम खड्काले पञ्च गर्दै सम्भावित बराबरी टारे ।
इन्ज्युरी समयमा विक्रम सिंह ठकुरीले काउन्टर एट्याकमा वान भर्सेस वानमा गोल गर्न चुके । उनको प्रहारलाई थ्री स्टारका गोलरक्षक पुर्ण चेम्जोङले ब्लक गरे । त्यसपछि थप गोल निस्कन नसक्दा थ्री स्टार पराजित हुन पुग्यो ।
यससँगै सुदूरपश्चिमले २१ लाख १ रुपैया प्राप्त गरेको छ । थ्री स्टारले १० लाख १ रुपैयमा चित्त बुझाएको छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]