default_image

6 years ago

March 5, 2020

एमबाप्पेको सानदार ह्याट्रिकसँगै पीएसजी फाइनलमा

154 views

0 Bookmark

एजेन्सी – फ्रेन्च युवा फरवाडै केलियन एमबाप्पेको ह्याट्रिक सहयोगमा पेरिस सेन्ट जर्मन (पीएसजी) सानदार जित सहित फ्रेन्च कपको फाइनलमा प्रवेश गरेको छ ।  बुधबार राति भएको खेलमा पीएसजीले लियोनलाई ५–१ ले पराजित गर्दै उपाधिनजिक पुगेको हो ।

पीएसजीको फराकिलो जितमा एमबाप्पेले ह्याट्रिक पुरा गर्दा ब्राजिली स्टार नेयमार र पाब्लो सारावियाले पनि समान १ गोल गरे । घरेलु टोलीका मार्टिन टेररले एक गोल गरे ।

खेलको ११औं मिनेटमा मार्टिनको गोलबाट लियोनले अग्रता बनाएको थियो । उनले कार्ल टोको इकम्वीको पासमा गोल गर्न सफल भएका थिए । तर, लियोनको त्यो अग्रता लामो समय टिकेन । १४औं मिनेटमा एमबाप्पेले बराबरी गोल फर्काए । उनले लेभिन कुर्जावाको पासमा गोल गर्न सफल भएका थिए ।

६४औं मिनेटमा लियोन १० खेलाडीमा समेटिएपछि पीएसजीले त्यसको पुरै फाइदा निकाल्न सफल भयो । लियोनका फर्नान्डो मार्कलले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।

त्यसमा प्राप्त पेनाल्टीमा नेयमारले गोल गर्दै पीएसजीलाई खेलमा २–१ को अग्रता दिलाए । ७०औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि पीएसजीले खेलमा ३–१ को अग्रता बनायो ।

८१औं मिनेटमा पाब्लो सारावियाले गोल गर्दै पीएसजीलाई फराकिलो जिततर्फ अघि बढाए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा ७० यार्डबाट एक्लै बलि अघि बढाउदै एमबाप्पेले सोलो गोल गर्दै ह्याट्रिक पुरा गर्दै पीएसजीलाई फाइनलको यात्रामा डोर्‍याए ।

अब पीएसजीले उपाधिका लागि सेन्ट इटिने र रेनिसबीचको विजेतासँग २६ अप्रिलमा खेल्नेछ । यि दुई टोलीबीच आज सेमिफाइनल खेल हुदैछ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.