default_image

6 years ago

March 5, 2020

कोरोना संक्रमणका कारण विश्वकप छनोट सर्न सक्ने !

115 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– कोरोना भाइसको संक्रमणका कारण अर्को महिना दशरथ रंगशालामा हुने विश्व कप छनोटका खेल सर्न सक्ने सम्भावना बढेको छ । यद्दपी अहिले सम्म कुनै निर्णय भने भई नसकेको बताएको छ । नेपालले विश्व कप छनोट अन्तर्गत चाइनिज ताइपेसँग चैत १३ र अष्ट्रेलियासँग चैत १८ गते खेल्ने तय छ ।

तर, अष्ट्रेलिया फुटबल संघले कोरोना सक्रमणको कारण देखाउँदै अहिले विश्व कप छनोट खेललाई पछि सार्न एसियाली फुटबल महासंघ (एएफसी) मा निवेदन दिएको अखिल नेपाल फुटबल संघ (एन्फा) श्रोतले जनाएको छ । चाइनिज ताइपेले भने अहिले सम्म छनोट सार्ने विषयमा भने केहि नभनेको बताइएको छ ।

विश्वका विभिन्न मुलुकमा कोरोनाको संक्रम बढ्दै जान थालेपछि सावधानीका लागि कार्यक्रमहरु स्थगित हुँदै आएका छन् । नेपालमा पनि सभा समारोह गर्ने क्रममा रोक लगाइएको छ । विश्व कप छनोटका ८ मध्ये ५ खेल देश बाहिर खेलेको नेपालले बाँकी ३ खेल दशरथ रंगशालामा खेल्ने तयारीमा छ ।

त्यसका लागि नेपालले फागुन १८ गतेबाट राष्ट्रिय टोलीको तयारी पनि सुरु गरिसकेको छ । एन्फा भने विश्व फुटबल महासंघ (फिफा) र एएफसीको निर्णय कुरिरहेको बुझिएको छ । विश्व कप छनोटका ५ खेलमा नेपालले १ मात्र खेलमा चाइनिज ताइपेलाई पराजित गरेको थियो ।

बाँकी ४ खेल नेपालले गुमाएको थियो । समूहमा १२ अंकसहित अष्ट्रेलिया शीर्षस्थानमा, कुवेत १० अंकसहित दोस्रो, जोर्डन १० अंकसहित तेस्रो, नेपाल ३ अंकसहित चौथो र अंक विहिन चाइनिज ताइपे पुछारमा रहेको छ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.