6 years ago
March 5, 2020
पोखरा (हाम्रो खेलकुद)- १८ औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता शुरुभएको छ । सहारा क्लब पोखराको आयोजनामा बुधबार प्रतियोगिता सुरू भएको हो ।

प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै सांसद सुर्य बहादुर केसिले खेलकुदको क्षेत्रमा राज्यले अझै पनि उचित कदम उठाउन नसकेको बताए । उनले स्वदेशी ब्रान्डलाइ अझै पनि बजार दिन नसकेको बताए ।
त्यस्तै गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले सहारा कल्बले कठिन परिस्थितिमा समेत प्रतियोगिता आयोजना गरेको कारण सबैले सहयोग गर्नुपर्ने बताए ।
नेपालमा पनि कोरोनाको त्रास भए पनि ढुक्क भएर प्रतियोगित गर्न मुख्य मन्त्री गुरुङले आग्रह गरे । खेलकुदको क्षेत्रमा प्रदेश सरकारको आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै क्लबले वर्षेनी प्रदान गर्दै आएको ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान –२०७६’ बाट नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य सुजल श्रेष्ठलाई सम्मान गरेको छ । फुटबल खेलको विकासमा योग्दान पुर्याउने खेलाडी मध्ये एक खेलाडीलाई क्लबले सम्मान गर्दै आइरहेको छ ।

सुजललाई नगद ३५ हजार, सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको हो । क्लबले यस अघि किरण चेम्जोङ र भरत खवासलाई सम्मान गरिसकेको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरा र बिग्रेड ब्वाइज क्लब बिच हुदै छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]