default_image

6 years ago

March 5, 2020

बिबिसी र सहाराबीचको पहिलो हाफ बराबरी

124 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)-  १८ औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा बिहीबार ब्रिगेड ब्वाइज क्लब (बिबिसी) र आयोजक सहारा क्लबबीचको  पहिलो हाफ सकिदा सम्म गोल रहित बराबरीमा टंगिएको छ ।

खेल सुरुभएको पहिलो मिनेटमा नै सहाराका जिवन रायमाझी अफसाइड रहे । त्यस्तै दोस्रो मिनेटमा सहाराका त्रीदेव गुरुङले राम्रो अवसर पाए पनि बिग्रेडका डिफेन्डरले प्रहार भने गर्न दिएनन् ।

खेलको ८ औ मिनेटमा सहराका कप्तान मन बहादुर तामाङले प्रहार गरेको लामो फ्रीकिक सोझै गोलरक्षकको हातमा पुग्यो । सहाराका जिवन रायमाझीले पहिलो हाफमै दोहोरो पहेलो कार्ड पाउदै बाहिरिए ।

खेलको २५ औँ मिनेटमा बिग्रेडका गोलरक्षक विशाल सुनारलाइ फल गर्दै रातो कार्ड पाउदै मैदान बाट बाहिरिए ।
पहिलो हाफमै १० खेलाडीमा सिमित सहारामा सहारा एकेडेमीका ५ जना खेलाडी सहभागी छन । एकेडेमीका खेलाडीको बर्चस्व भएको यो पहिलो पटक हो ।

खेलको ३२ औ मिनेटमा बिग्रेडका कप्तान अनिल गुरुङले दिएको लामो क्रसपासमा काजेम ए बुसारी अफसाइड रहन पुगे । खेलको ३५ औं मिनेटमा जय गुरुङको पावर सट क्रसमाथी बाट बाहिरिए ।
त्यस्तै खेलको ३७ औं मिनेटमा काजिमले पाएको अवसरको सदुपयोग गर्न सकेनन् । उनले डि एरिया नजिकै बाट प्रहार गरेको बल सेकेन्डबार नजिकैबाट बाहिरियो ।

खेलको ४३ औ मिनेटमा कप्तान अनिल गुरुङले निकालेको पासमा बिजय गुरुङले गरेको प्रहारले पनि जाली चुम्न सकेन । खेलको ४४ औ मिनेटमा रोसन राना मगरको प्रहार फस्टबार नजिकैबाट बाहिरियो ।
१० खेलाडीमा सिमित सहाराले बिग्रेडलाइ निकै दबाबमा राख्यो । पहिलो खेल गोल रहित बराबरीमा रोकियो ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.