default_image

6 years ago

March 5, 2020

आर्मीलाई हराउँदै माइभ्याली फाइनलमा

203 views

0 Bookmark

दिपक बोहोरा, इलाम

आयोजक माइभ्याली फुटबल क्लब इलाममा जारी छैटौँ संस्करणको माईभ्याली गोल्डकपमा त्रिभुवन आर्मी लाई सडनडेथमा ५– ४ गोलले हराउँदै फाइनलमा प्रवेश गरेको छ । फाइनलमा आयोजकले उपाधिका लागि ए डिभिजन लिग विजेता मछिन्द्र क्लबसँग शनिबार प्रतिस्पर्धा गर्नेछ । आयोजक पहिलो पटक फाइनल प्रवेश गरेको हो ।

बिहिबार ठुलो टुडिखेलमा भएको सेमिफाइनलको निर्धारीत ९० मिनेट समय १-१ को बराबरीमा सकिएको थियो । अतिरिक्त समयमा पनि बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा आयोजक टिमका देव लिम्बु, एन्ड्रो थियर यिबाक, लिला क्षेत्री, पासाङ शेर्पाले गोल गर्दा शरण बस्नेतको प्रहार आर्मीका गोलरक्षक विवश चौधरीले बचाएका थिए । विशाल तामाङको प्रहार बाहिरिएको थियो ।

यता आर्मीको तर्फबाट दिपक गुरुङ, दिप लामा, राजीव गुरुङ र राजु आलेको प्रहार गोल हुँदा सन्तोष तामाङ, इश्वरी बानिया र भरत चौधरीको प्रहार गोल हुन सकेन । खेलको अतिरिक्त समयमा आर्मीका विवेक बस्नेतले दोहोरो पहेलो कार्ड खादै बाहिरिए पछि आर्मी १० खेलाडीमा सिमित भएको थियो ।

त्यसअघि खेलको ३३ औं मिनेटमा आर्मीका गोलरक्षक विवश बल नियन्त्रणको लागि अगाडी बढेका अवस्थामा माइभ्यालीका करण राइले गोल गर्दै आयोजकलाई अग्रता दिलाएका थिए । ४१ अ‍ैं मिनेटमा आर्मीका सन्तोष तामाङले बराबरी गोल गरे । डि एरिया नजिक आयोजकका खेलाडीले आर्मीलाई फाउल गरे पछि पाएको फ्रि किकमा सन्तोषले गरेको प्रहार गोल भएको थियो । १७ औं मिनेटमा आर्मीका किपर बिट भइसकेको अवस्थामा आयोजकका विकास तामाङले गोल गर्न चुके । १८ मिनेटमा आर्मीका विवशले उत्कृष्ट पन्च गर्दै गोल बचाए ।

खेलमा तालमेल नमिल्दा पराजित हसन परेको आर्मीका प्रशिक्षक नविननयौपानेले बताए । भाग्यले साथ दिँदा  ऐतिहासिक सफलता प्राप्त गरेको आयोजक टिमका प्रशिक्षक दर्शन भक्तराजले बताए ।

माइभ्यालिका गोल रक्षक देब लिम्बु म्यान अफ दि म्याच बने । उनले नगर १५ हजार प्राप्त गरे ।  लिग च्याम्पियन मछिन्द्रसहित ए डिभिजनका ३ क्लब त्रिभुवन आर्मी क्लब, संकटाको सहभागिता रहेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । फागुन २४ गते सम्म चल्ने गोल्डकपको विजेताले ८ लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.