6 years ago
March 6, 2020
दिपक बोहोरा, इलाम
माइभ्याली कपको छैटौं संस्करणको उपाधिको लागि शनिबार फाइनल खेल हुँदैछ । आयोजक माइभ्याली फुटबल क्लब र ए डिभिजन लिग विजेता मछिन्द्र क्लब फाइनलका लागि तयार रहेको दुवै टोलीका प्रशिक्षकले बताएका छन् ।

शुक्रबार फाइनलको अघिल्लो दिन भएको प्रि म्याच कन्फरेसनमा बोल्दै दुवै टिमका प्रशिक्षकले उपाधिको लागी तयार भएको बताएका हुन् । उपाधिको लागि शनिबार ३ बजे इलाम स्थित ठुलो टुडिखेलमा यि दुई टिम बिच प्रतिस्पर्धा हुनेछ । शनिबार हुने छैटौं संस्करणको फाइनलमा लिग विजेता मछिन्द्रले आयोजक टिम माइभ्यालि फुटबल क्लब संग प्रतिस्पर्धा गर्नेछ ।
आयोजक र मछिन्द्र दुवै टिमले पहिलो पटक फाइनल खेल्न लागेका हुन् । मछिन्द्र सेमिफाइनलमा मानेभञ्जाङ फुटबल क्लबलाई हराउँदै फाइनल प्रवेश गरेको थियो । यता आयोजकले त्रिभुवन आर्मीलाई सडनडेथमा हराउँदै फाइनल प्रवेश गरेको हो । शनिबार हुने खेलमा मछिन्द्र घरेलु दर्शक र घरेलु मैदानको दबाब हुनेछ ।
यता आयोजक टिमले स्टार खेलाडी हेभिवेट टोलीको दबाब महसुस गर्न सक्नेछ । छैटौं संस्करणसम्म आइपुग्दा यी दुवै टिमले उपाधि जित्न सकेका छैनन् । छैटौं संस्करणको माइभ्यालि गोल्डकपले नयाँ च्याम्पियन पाउनेछ । दुवै टोली शनिबार माइभ्यालि गोल्डकपको नयाँ च्याम्पियन टिम बन्ने लक्ष्यसहित दुबै टिम मैदान उत्रने छन् ।

फाइनल अघि शुक्रबार आयोजना भएको प्रि म्याच कन्फरेन्समा दुवै टिमले उपाधि हात पार्ने दाबी गरेका छन् । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा लिग जितेको मछिन्द्र क्लब संग स्टार खेलाडीहरु रहेको छन् । यता आयोजकले विभिन्न क्लबका खेलाडीहरु मिश्रणमा टिम निर्माण गरेको छ । जावलाखेलका विशाल तामाङ, फ्रेन्डस क्लबका देव लिम्बु र ब्रिगेड ब्वाइजको शिशिर लेखि लगायतको खेलाडीहरु समेटेर टिम निर्माण गरेको आयोजक मछिन्द्रलाई हराउँदै पहिलो पटक उपाधि जित्ने दाउमा रहेको छ । विदेशी खेलाडीहरुको भरमा खेल जित्ने लक्ष्यमा रहेको आयोजकलाई स्टार खेलाडीहरुले भरिएको मछिन्द्रलाई हराउन त्यति सहज भने छैन् ।
‘फाइनल खेल आफैंमा दवाव हुन्छ । त्यहि माथि घरेलु टिमलाई हराउन उति सजिलो हुँदैन, ‘मछिन्द्रका प्रशिक्षक प्रबेश कटुवालले भने, ‘फाइनल खेल ५०–५० को हो । हामीसँग राम्रो टिम भएकाले टिमवर्क मिलेमा खेल जित्नेछौं । हाम्रो तर्फबाट एकदमै मेहनत गर्नेछौं ।’
घरेलु दर्शक र घरेलु मैदानका कारण कुनै दबाब नभएको आयोजक टिमका प्रशिक्षक दर्शन राजभक्त बताउँछन् । ‘घरेलु मैदानको फाइदा उठाउँदै उपाधि जित्ने लक्ष्य छ । विभिन्न ए डिभिजनका क्लबको अनुभव बटुलिसकेका खेलाडीहरु समेटदै टिम निर्माण गरेका छौं । घरेलु मैदानमा हामी उपाधि जित्न सक्षम छौं, ‘ उनले बताए ।
लिग च्याम्पियन मछिन्द्रसहित ए डिभिजनका ३ क्लब त्रिभुवन आर्मी क्लब, संकटाको सहभागिता रहेको प्रतियोगितामा कुल १० टोलीको सहभागिता रहेको थियो । गोल्डकपको विजेताले ८ लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]