default_image

6 years ago

March 6, 2020

एपिएफ र झापा ११ बीचको पहिलो हाफ बराबर

155 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– आहा रारा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार नेपाल एपिएफल र झापा ११ बीचको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ ।

 

पोखरा रंगशालामा खेलको १३ औ मिनेटमा एपिएफका आकाश बुढा मगरले पोस्ट नजिकै बाट गरेको प्रहार फस्ट बार नजिकैबाट बाहिरीयो । २१ औं मिनेटमा एपिएफका नविन लामाले झापाका गोलरक्षक राजकुमार लिम्बु अगाडि बढ्ने क्रममा फ्लिक गरेको बल क्रसबार माथी बाट बाहिरियो ।

त्यस्तै खेलको ३१ औ मिनेटमा झापा ११ का अभिषेक गुरुङले दिएको क्रसपासमा सरोज कार्कीको प्रहार क्रसबार माथीबाट बाहिरीयो । खेलको ४४ औ मिनेटमा एपिएफका प्रदिप लामाले गरेको लामो प्रहारलाइ झापाका गोलरक्षक राजकुमारले पन्च गर्दै जोगाए । पहिलो हाफमा झापा माथी एपिएफ हाभी भएपनि गोल गर्न सकेन ।

सहारा क्लबको आयोजनामा बिहीबार सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा बिहीबार आयोजक टोली विजयी भएको थियो । ए डिभिजन टोली ब्रिगेड ब्वाइज क्लबलाई हराउँदै सहाराले अर्को ए डिभिजन टोली नेपाल पुलिस क्लबसँगको भेट पक्का गरेको थियो ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.