6 years ago
March 6, 2020
पोखरा (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबलाई पराजित गर्दै रमपम झापा-११ फुटबल क्लब पोखरामा जारी आहा रारा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । झापा-११ ले टाइब्रेकरमा ५-३ को जित दर्ता गरेको हो ।

शुक्रबार पोखरा रंगशालामा निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । अतिरिक्त समयमा दुवै टोलीले १-१ गोल गरेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
टाइब्रेकरमा झापाका गोलरक्षक राजकुमार लिम्बुले एपीएफका सुदिप शिख्राकारको पेनाल्टी बचाए । झापाको लागी हेमन्त थापामगर, मौसम लिम्बु, प्रमोद चौधरी, विशाल दर्जी र कप्तान संजित राइले गोल गरे भने एपीएफका लागी नविन लामा ,राजिव लोप्चन र गोलरक्षक राजु नगरकोटीले गोल गरे । झापाका गोलरक्षक राजकुमार खेलको म्यान अफ द म्याच घोषित भए ।
झापाका लागि अतिरिक्त समयको दोस्रो हाफमा सुनिल खड्काले गोल गरे । उनले २१ औं मिनेटमा गरेको भली प्रहारलाई एपिएफका गोलरक्षक राजु नगरकोटीले बचाउन सकेनन् । सुनिलले अभिषेक गुरुङको क्रसलाई पहिलो टचमा नै पेनाल्टी क्षेत्रभित्र गोलमा परिणत गरे ।
अतिरिक्त समयको अन्तिम मिनेटमा एपिएफले बराबरी गोल फर्कायो । प्रविन स्याङतानको क्रसमा आकाश बुढामगरको हेडर क्रसबारमा लाग्दै मैदानमा फर्कंदा झापाका गोलरक्षक राजकुमार लिम्बुले बचाउन खोज्दा गोलमा परिणत भयो ।
त्यसअघि खेलको १३ औ मिनेटमा एपिएफका आकाश बुढा मगरले पोस्ट नजिकै बाट गरेको प्रहार फस्ट बार नजिकैबाट बाहिरीयो । २१ औं मिनेटमा एपिएफका नविन लामाले झापाका गोलरक्षक राजकुमार लिम्बु अगाडि बढ्ने क्रममा फ्लिक गरेको बल क्रसबार माथी बाट बाहिरियो ।
त्यस्तै खेलको ३१ औ मिनेटमा झापा ११ का अभिषेक गुरुङले दिएको क्रसपासमा सरोज कार्कीको प्रहार क्रसबार माथीबाट बाहिरीयो । खेलको ४४ औं मिनेटमा एपिएफका प्रदिप लामाले गरेको लामो प्रहारलाइ झापाका गोलरक्षक राजकुमारले पन्च गर्दै जोगाए ।
खेलको ५४ औं मिनेटमा एपिएफका नविन लामा गोल गर्नबाट चुके । गोलरक्षक राजकुमार लिम्बुले विकु तामाङलाई पेनाल्टी क्षेत्रभित्र तानेपछि एपिएफले पेनाल्टिको अवसर पाएको थियो । नविनले सेकेन्डबार च्याप्दै गरेको प्रहार गोलरक्षक राजकुमारले उत्कृष्ट बचाउ गरे ।
खेलको ६० औं मिनेटमा एपिएफका प्रविन स्याङतान एपीएफकाका गोलरक्षकलाइ बिट गर्दै गरेको प्लेसिङमा झापाका डिफेन्डर सन्जित राइ बाधक बने । ७४ औ मिनेटमा एपीएफका राजिव लोपचनले २ डिफेन्सलाइ बिट गर्दै गरेको प्रहारलाई झापाका गोलरक्षकले उत्कृष्ट डाइभ गर्दै बचाउ गरे । निकै आक्रमक खेल खेलेको एपिएफको आक्रमणको अगाडि गोलरक्षक राजकुमार बाधक बनिरहे ।
प्रतियोगिता अन्तर्गत झापाले २५ फागुनमा नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ । शनिबार नेपाल पुलिस क्लबले आयोजक सहारा क्लबको सामना गर्नेछ ।

December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]