5 years ago
March 7, 2020
दिपक बोहोरा, इलाम
इलाममा जारी छैटौं माइभ्याली गोल्डकप प्रतियोगिताको फाइनलमा आयोजक माइभ्याली फुटबल क्लब र मछिन्द्र क्लब भिड्दैछन् । खेलको पहिलो हाफ खेल गोलरहित बराबरीमा टुङगीएको छ ।
ठुलो टुडिखेलमा जारी फाइनल खेलको पहिलो हाफ निकै प्रतिपर्धात्मक रहयो । दुवै टोलीले पाएका केहि अवसर गुमाउदा दुबै टोलीले अग्रता लिन सकेनन् । खेलको १२ औं माइभ्यालीका कप्तान छिरिङ गुरुङले गोलको राम्रो अवसर गुमाए । २२ औं मिनेटमा मछिन्द्रका रेजिङ सुब्बाको प्रहार आकासियो । ४३ अैं मिनेटमा मछिन्द्रका विमलले गोलको अवसर गुमाए ।
लिगपछि झापामा सताक्षी गोल्डकप जितेको मछिन्द्र माइभ्यालीको सेमिफाइनलमा भारतको माने भञ्जाङ फुटबल क्लबलाई हराएको थियो । आयोजक माइभ्यालीले भने लिगको दोस्रो टोली त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा हराउँदै फाइनल यात्रा तय गरेको थियो ।
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]